गेट निर्माणमा प्रत्यक्ष रुपमा खटिएरै काम गर्ने युवाहरुको घोषणा !


गेटको प्रारम्भिक डिजाइन 


सल्यान गेट निर्माण अभियानमा प्रत्यक्ष गेट निर्माण स्थलमा खटिएर काम गर्न चाहने सल्यानी युवाहरुको नाम संकलन हुँदै छ । अबको तीन महिना पछी नेपालमा फर्केर सल्यानमै रहनु हुने बिदेशी युवा साथीहरु साथै सल्यानमै पहिलेदेखी रहनुहुने सल्यानी युवालाई साथीहरुलाई यस अभियानमा अभियन्ताको रुपमा प्रत्यक्ष लाग्न अनुरोध । निर्माण स्थलमा खटिन चाहनुहुने युवा साथीहरुले तलको कमेन्ट बक्समा कमेण्ट गरिदिन अनुरोध ।

हामी प्रत्यक्ष निर्माण स्थलमा प्रत्यक्ष खटिन चाहनुहुने अभियन्ता साथीहरुको नाम चाडै लिस्टआवट गर्दै छौ ।
हालसम्म म , सल्यान निगालचुला घर हुनुभएका युवा टेकराज वली (मलेसियाबाट ३ महिना पछी फर्किनु हुने) र त्रिबेणी ७ पोखरी घर हुनु भएका रोशन भन्डारी (मलेसियाबाट ३ महिना पछी फर्किनु हुने ) ले आफु निर्माण स्थलमै जुटेर सहयोग गर्ने घोषणा गरिसक्यौ ।
हाम्रा युवाहरुले प्रदेशमा मात्रै पसिना चुहाउने छैनन । अब आफ्नो जिल्लाको निम्ती पनि छुट्टीमा घर आएको बेलामा पसिना चुहाउन राजीखुशी छन - त्यो पनि निस्वार्थ भावका साथ ।
जय सल्यानु युवा एकता ।
आट गरिसक्यौ , बोलीसक्यौ अब त गर्छौ गर्छौ ।

*UPDATE : #सँगम_बिहानी / Sangam Bihani G त्रिबेणी  ५ डोरचोर सल्यान घर , हाल : मलेसिया ( १ महिना पछी घर सल्यान फर्किदै )। उहाले पनि निर्माण स्थलमै जुटेर सहयोग गर्ने घोषणा गर्नु भयो । धन्यबाद सँगम जी ।

*अपडेट : खिम बस्नेत, शिबरथ,सल्यान घर , हाल:मलेसिया ( ४ महिना पछी मलेसिया देखी फर्किनु हुने ) Khimbasnet Basnet उहाले पनि निर्माण स्थलमै जुटेर सहयोग गर्ने घोषणा गर्नु भयो । धन्यबाद खिम जी 

**अपडेट :नेपालमै रहनुहुने आदरनिय लोक गायक कुलबहादुर वली ,युवा नेता ॠषिकेश जङ्ग शाह र सल्यानी युवा बिशाल केसी जो ,यस अभियानका अभियान्ता जो सुरुवाती चरण देखी यस अभियानमा आबद्द पनि हुनुहुन्छ । 
उहाहरुले पनि निर्माण स्थलमै जुटेर सहयोग गर्ने घोषणा गर्नु भएको छ । धन्यवाद सबैलाई ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !