सल्यानमा यसो गरे कसो होला ?

सल्यानका प्राय: युवाहरु बिदेश तिर , अलिअलि पढ्न्ते भनाउदा ( म जस्ता ) चाहिँ काठमाण्डौ तिर या या नेपालगन्ज तिर या दाङ तिर ! अलि अलि भएकाहरु चाहिँ कोइ सल्यानकै क्याम्पसतिर या कोइ राजनिती पार्टीतिर !!
यस्तो अबस्थामा सल्यान कसरी अगाडी बढ्न सक्ला त ??


यसो गर्न सकियो भने - सल्यानमा बस्ने / रहने युवाहरुले एउटा नेतृत्व लिइ सल्यानमा स्थानिय स्तरमा युवाहरूले गर्न सकिने संभाव्य भोलेण्टेरीली कार्यहरुको लिस्टआवट गर्ने - बार्सिकी रुपमा । जस्तो कि बर्षको मिनिमम ५/७ भोलेन्टेरीली कार्यहरु : कुपिन्डे तालको सरसफाइ अभियान , आफ्नो-गाउँटोल सफाइ
अभियान , जनचेतना अभियान , बृक्षारोपण अभियान , सल्यानमा एउटा पार्क बनाउने अभियान , एउटा सल्यान गेट बनाउने अभियान , खैराबाङ,क्षत्रेस्वरी,लक्ष्मीपुर जस्ता एतिहासिक सम्पदाको सरसफाइ संगै एउटा-एउटा प्रतीक्षालय बनाउने अभियान , सल्यान टुरीजम अभियान , क्लिन सल्यान ग्रीन सल्यान अभियान , डिजिटल सल्यान अभियान जस्ता स्वतन्त्र अभियानहरुको अगुवाइ सल्यानमा बस्ने साथीहरुले गर्नु पर्यो । अनि नेपालका विभिन्न भुभागमा रहने/अध्ययन गर्ने सल्यानी युवाहरू दशै तिहारको बिदामा घर गएको बेला याट्लिस्ट १ हप्ता सम्म ती अभियानहरुमा सहभागी भइ सहयोग गर्ने र आफै पनि अभियन्ता बन्ने । अनि बिदेशमा रहने युवाहरूले सल्यान (घर) आएको बेला याट्लिस्ट १५ दिन जति जिल्लाको निम्ति काम गर्ने - अभियन्ताको रुपमा ।
यसको निम्ति हामिलाई सबै सल्यानी युवाहरु जोडिएको एउटा बृहत संजालको आबश्यक छ - जसको शाखा सल्यान , काठमान्डौ , र बिदेशमा समेत हुने छ । हामी अब सिघ्र रुपमा सल्यानमा एउटा युवा समुह गठन गर्न पहल गर्दै छौ । अनि बिदेशमा पनि एउटा युवा समुह गठन गर्न कुरा अगाडि बढाइएको छ । राजधानीमा हामी सल्यानी युवा संजाल पहिले नै गठन गरीसकेका छौ ।
यसरी तीन ठाउँहरुमा युवा समुहलाई सकृय रुपमा अगाडि बढाउन सकियो भने एक अर्को समुहसंग कोर्डिनेशन गरेर सबै युवाहरूलाई एक ठाउमा जुटाउन सकिन्छ - सल्यानका निम्ति ।
" हामीले नगरे कसले गर्ने ,अनि अहिले नगरे कहिले गर्ने "
जागौ युवा !
अब सल्यानलाई हामीहरुले एक समृद्ध सल्यान बनाउनु पर्ने छ । सबै सल्यानीको सोचसंगै बिकासका पुर्बाधारहरुमा समेत सल्यानलाई अब्बल साबित गरेर देकाइदिनु छ ।
हामी "समृद्ध सल्यान" चाहन्छौ , न कि "गुमनाम सल्यान" !
समस्त सल्यानी महानुभावहरुलाई पार्टीगत स्वार्थ भन्दा माथी उठी जिल्लाको समृद्धिको यात्रामा लाग्न अपिल साथै युवा साथीहरुलाई अभियन्ताको रुपमा जोडिन आग्रह !

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !