सल्यान गेट निर्माण अभियानका निम्ती सहकार्यको अपिल


सल्यान गेट निर्माण अभियानमा सल्यान क्षेत्र न २का माननिय सभासद एबम ब्यबस्थापिका अर्थ समितीका सभापती Prakash Jwala ज्युलाई हामी युवाहरु संग सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्दछु ।
हामीलाई गेट निर्माणको लागि झन्डै ५ लाख सहयोग राशीको प्रतिबद्द्ता पहिले नै प्राप्त भइसकेको छ भने गेट निर्माणको कार्य अगाडि बढ्ने बेला धेरै सल्यानी महानुभावहरुले सहयोग गर्ने बाचा समेत गर्नु भएको छ । माननिय ज्युले सल्यान गेटको लागी १२ लाख रकम बिनियोजन गर्नु भएको सुखद खबर सुन्नमा आएको छ । यसर्थ मेरो फेरि पनि के अनुरोध छ भने गेटमा तपाइले छुट्ट्याएको १२ लाख र हामि सल्यानी युवाहरुले सल्यानी महानुभावहरुबाट संकलन गरेको रकम प्रयोग गरेर संयुक्त रुपमा सभ्य र भव्य सल्यान गेट बनाऔ । हामीसंग माननीय ज्युले सहकार्य गर्नु हुनेछ भन्ने कुरामा पुर्ण बिस्वास लिएको छु । बर्सौ देखि जिल्लाको मुख्य सिमानामा एउटा स्वागत गेट सम्म नभएको एउटा खल्लो आभास हामी सल्यानीहरुलाई परेको छ । अब हजुरहरु ( सल्यानी नेताहरु ) र हामी युवाहरु मिलेर त्यो खल्लो अभासलाई चिरौ र समृद्ध सल्यानको यात्रामा मिलेर अगाडि बढौ । राजनितिककर्मी र युवाहरुले मिलेर सल्यानको बिकास गर्दै छन है भन्ने गज्जबको सन्देश देशैभरी प्रवाह गरौ ।
.......................
( पुनस्च : जिबिसको परीसदमा यस अभियानलाई पास गराएर लाने र केही रकम जिबिसले पनि कन्ट्रीब्युट गर्ने भन्ने एलडीओ साहबको र मेरो मौखिक सहमती पछी हामीले जिबिसको परीसद सम्म गेट निर्माण अभियानलाई थाती राखेका थियौ । तर नयाँ स्थानिय निकायको संरचणा अनुरुप अबबाट जिबिस नै नरहने भएसी हामीहरु आफ्नै ढंगले अगाडि बढ्ने सोच्दै थियौ । यही क्रममा प्रकाश ज्वालाज्युले गेटको लागि १२ लाख रकम छुट्याउनु भएको भन्ने खबर सुनेपछी उहाँसंग सहकार्य गर्न खोजेका हौ । )
.......................
धन्यबाद !
धुर्वराज वली , संयोजक
सल्यान गेट निर्माण अभियान कार्यदल

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !