' सल्यान गेट ' निर्माण अभियान !

कस्तो हुने छ त सिमानामा युवाहरुले बनाउने सल्यान गेट ?
सल्यान गेट/सल्यान प्रबेश द्वारसल्यान र दाङको सिमानामा बन्ने गेट हो ।यो गेट सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको बनाइने छ । गेटको दुईवटा पिल्लरमा सल्यानका मुख्य पर्यटकिय सम्पदाको स्केच कुदिने छ । गेट निर्माण हुने लोकेशनमा पर्ने बाटोलाई अलिकती चौडा बनाइ त्यहा सल्यानका पर्यटकिय चिनारी अङ्कित ठुलो होरिङ्ग बोर्ड पनि राखिने छ । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर , एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने छ ।

'सल्यान गेट' निर्माणको लागि साईटको प्रारम्भिक निरिक्षण तथा सर्वेक्षणको रिपोर्ट ।

मिति २०७३ कार्तिक ४ गतेको दिन सल्यान दृष्टिकोणको टिमका अभियान्ता साथीहरु प्रारम्भिक अवलोकनको लागि सल्यान र दाङको सिमानातिर जानुभयो । लोकेन्द्र बुढाको नेतृत्वमा गएको समुहले गरेको अवलोकनको उद्येश्य साइटको अवस्था अध्धयन साथै त्यस ठाँउमा प्राकृतिक रुपमा बलिया पक्षहरु (Strength), कमजोरीहरु (Weakness) , अवसरहरु (Opportunities) को साथै भविष्यमा आइपर्ने समस्याहरु (Threats) को सामान्य अध्ययन थियो । र यस अध्ययनलाई स्वट एनालाईसिस (SWOT Analysis) को रुपमा हेर्यौं । जसअनुरुप हामीले विभिन्न प्रकारका पक्षहरुलाई नजरअन्दाज गर्यौं ।
बलिया पक्षहरु (S= Strength)
  • भौगोलिक रुपमा असजिलो ठाँउ भएपनि केहि ठाँउमा सडक चौडा तथा खनेर मिलाउन मिल्ने पाखो भएकाले गेट निर्माण कार्यको लागि सजिलो पर्ने ।
  • पानीको स्रोत नजिकै भएकाले निर्माण कार्यमा सजिलो तथा सस्तो पर्न जाने ।
  • वस्ती भन्दा टाढा रहेकाले कामको क्रममा कुनै सामाजिक पक्षलाई प्रत्यक्ष रुपमा असर नपर्ने ।
  • ढुङ्गा तथा काठहरुको स्रोत नजिकै भएकाले चाहिएको खण्डमा अनुमति लिएर प्रयोग गर्न सजिलो पर्ने ।
कमजोर पक्षहरु (W=Weakness)
  • स्थानियवासी अनुसार सिमाना खोलाले छुट्टाउने तथा सोअनुरुप सिमानामा पर्ने रोड घुमाउरो भएकाले ठ्याक्कै सिमानामा गेट बन्न सुरक्षाको दृष्टिकोणले उपर्युक्त नहुने ।
  • धरैजसो भूभाग चट्टानी तथा भिरालोको साथै रोड साँघुरो भएकाले गेट निर्माण कार्यमा सोचेजस्तो सजिलो भने नहुन सक्ने ।
  • भौगोलिक अवस्थाको कारण निर्माण खर्च अलिकति मात्रामा वृद्धि हुन सक्ने ।
अवसरहरु (O=Opportunities)
  • गेट सँगै सुन्दर र शान्त वातावरणको कारण भविष्यमा त्यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि विश्रामस्थलका रुपमा पनि विकास गर्न सकिने ।
  • गेटसँगै सानै भएपनि मन्दिरको स्थापना गर्न सके सल्यान सुरु हुने सिमानामै यात्रु तथा आगन्तुकहरु भित्र त्यस स्थान र सल्यानप्रति मनमा पवित्र भाव पैदा गर्न सकिने ।
  • बिविध समस्याका बावजुद गेट निर्माण सम्पन्न भइसकेको खण्डमा देशमै उदाहरणिय काम हुन जाने जसले सल्यानकै पहिचान र समृद्धि वृद्धि हुने कुरामा कुनै दुईमत नरहेको ।
  • र यस कार्यले हामी आफै मातृभुमि प्रति सजग छौ र यसको विकाशमा कसैको मुख ताक्दैनौ भन्ने सन्देश देशभर प्रभाह हुने ।
आइपर्ने सक्ने समस्याहरु (T=Threats)
भिरालो जमिनको कारण भविष्यमा पहिरोको डरको सम्भावना ।
  • नेपाल भूकम्पिय दृष्टिकोणले उच्च जोखिममा पर्ने भएकाले गेट निर्माणको बेला लापरवाहि गर्दा कुनैपनि बेला आउनसक्ने भूकम्पले निर्माण भइसकेको गेटमा क्षति पुग्न सक्ने ।
  • चट्टानी भिरालो पाखो भएकाले माथिबाट गुड्दै आएका सानाठुला ढुङ्गाले गेटमा असर पुग्न सक्ने ।
  • र निर्माण गर्न प्रस्तावित साइट राप्ती राजमार्गमा पर्ने र यो राजमार्ग भविष्यमा कम्तिमा दुई लेन चौडा गरिने भएको कुरालाई मध्यनजर गर्न नसके भविष्यमा समस्या आईपर्न सक्ने ।
यि त थिए , समग्रमा बिविध राम्रा तथा नराम्रा पक्षहरु । गुगल म्यापबाट लिइएको फोटोमा पहेलो घेराको रोडको चौडाई करिब ९ मि. तथा अरु ठाँउ (रातो घेरा) मा चाँहि औसतमा ५ मि. देखिएको थियो । र उक्त ९ मि. रहेको ठाँउ अन्य ठाँउ भन्दा उपयुक्त देखिन्थ्यो ।
यसका साथै काम सुरु गर्नको लागि जिल्ला विकास समिती, वन विभाग, रोड विभाग तथा सल्यानका जनमानस सँग समन्वयन गर्न जरुरी छ । र हामी विश्वस्त छौ कि सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त हुने छ । अन्त्यमा हाम्रो टोलीलाई यो कुरा स्पषट ज्ञात छ कि केहि नयाँ काम गर्दा बिविध समस्याहरु आइपुग्छन । चाहे ती राजनीतिक हुन या सामाजिक या प्राविधिक नै । ति तमाम समस्याहरुलाई पन्छाँउदै हामी जरुर सफलता तिर लम्कने छौ ।

अन्तमा,

यो कुनै पनि राजनीतिक प्रायोजनका लागि चलाइएको अभियान होइन । जिल्लाका स्वन्तन्त्र युवाहरु सम्मिलीत अभियान्ताहरुले अगाडि बढाएको यो एउटा बिसुद्द सामाजिक अभियान हो । तसर्थ सम्स्त सल्यानी महानुभावहरुले यस सामाजिक अभियानमा सहयोग गरिदिनहुन अपिल गर्दछौ । तपाईंहरुकै छोरा , भाईहरुले यस अभियानलाई अगाडि बढाएका हुनाले सबैले सक्ने आर्थिक, भौतिक र नैतीक सहयोग गरी समृद्ध सल्यान निर्माण अभियानमा सहभागी बनौ ।
आउनुहोस आदरनिय सल्यानी महानुभावहरु सल्यान बनाउने र सल्यानलाई राष्ट्रिय रुपमा चिनाउने अभियानमा हातेमालो गरौ । सल्यानको टुरिजम सेक्टरलाई अगाडी बढाउन सहकार्य गरौ ।

जय सल्यान



Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !