सल्यान गेटका बिषयमा जिल्लाका नेतृत्व तथा नेताहरुलाई प्रश्न ?

आखिरी यस्तो राजनिती किन हुँदै छ एउटा जाबो गेटमा ??
जिल्लाका नेतृत्व तथा नेताहरुलाई पनि यो कुरा नपचेकै हो कि ?? खासै यस विषयमा कसैले पनी चासो दिएको पाइन । के जिल्लाका युवाहरूले जिल्लाको लागि केही गर्छौ भनेर आट देखाउनु सानो कुरा हो र ? जिल्लाप्रतीको एङ्गलबाट हेर्दा यो त शानको कुरा होइन र - यसरी युवाहरुले आफै गर्छौ भन्नू !!

कि गेट भन्ने कुरो झिनो सानो कुरो भएकोले तपाईंहरुले चासो नदिनु भएको हो ?? यदी यो झिनो सानो नै कुरा हो भने एउटा गेट बनाउन पनि किन यति बिध्न राजनिती चल्दै छ - बिचार गर्नुस त । सबलाई थाह भएकै कुरो हो हामी युवाहरूले गेट बनाउनु पर्छ भनेर अभियान चलाएसी मात्रै सल्यान गेटले चर्चा पाएको थियो । कागजी रुपमा पहिला के कति योजना कोरीए के कति बजेट छुट्याइया थ्यो ?? केके प्राबधिक कुरा मिल्या थिएन त्यो जनतास्तरले बुझ्न सक्ने कुरै भएन । जे होस हामिले सल्यान गेट भोलेन्टेरेली एउटा जिल्लालाई चिनो स्वरुप सल्यान गेट बनाउछौ भनेर पहिले नै धेरैलाई थाहा भएको कुरा हो । उत्साहजनक साथ र सहयोग प्राप्त हुँदै आएको थियो र छ पनि । पहिले नै युवाहरुले गेट बनाउन लाग्दैछन भन्ने कुरा थाह भएर पनि युवाहरूलाई आखिरी बाइपास किन गरिदै छ ?
 कि हामी बनाउन सक्दैनौ जस्तो लाग्यो ?? हामिले उठाएको पैसा उहाँहरुलाई दिएसि उहाँहरुले बनाउने अरे । आखिरी किन युवाहरुको जिल्ला प्रतीको जोश माथी तुसारापात गर्न खोजिदै छ ?? जसले छुट्टै गेट बनाउछु भनेर बजेटसम्म छुट्याइसक्नु भएको छ - उहाँले त हामी युवाहरूले मात्रै बनाउन दिने त कुरै छोडौ मिलेर बनाऔं भन्दा समेत किन संतोषजनक जबाफ दिनुहुन्न ?? किन हामीले जिल्लाको लागि केही योगदान दिन चाहिरहेका छौ भन्दा पनि हामीसंग प्रतिस्पर्धात्मक भावना राखिदै छ त ??
सल्यानका समस्त राजनितिक दलका नेता तथा नेतृत्वलाई मेरो प्रश्न ?? सोच्नुस आखिरी यस्तो राजनिती किन हुँदै छ एउटा जाबो गेटमा ??
स्मरण रहोस युवाहरुले जिल्ला बनाउछौ भनेर जुट्न तयार भइसकेका छन ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !