एनसेल ट्याक्स प्रकरण - के नेपाल टेलिकमलाई जजुकाली बनाउने प्रपञ्च रचिएकै हो त ??


मेरो बुवा नेपाल टेलीकममा कार्यरत हुनुहुन्छ । नेपाल टेलीकम एक सरकारी टेलीकम सेवा प्रदायक संस्था हो । जसले कमाउनु भनेको नेपाल सरकारले कमाउनु हो । नेपाल सरकारले कमाउनु भनेकै फेरि सिङ्गो नेपाल देशले कमाउनु नै हो । तर नेपाल टेलीकमलाई कडा प्रतिस्पर्धा दिरहेको एउटा प्राइभेट टेलीकम सेवा प्रदायक संस्था एनसेलले यति खेर नेपाल सरकारलाई तिर्नु पर्ने कर नतिर्नु पर्ने जस्ता कुरा सरकारकै जिम्मेवार मन्त्रीबाट अभिब्यक्ती आउने गरेका छन ।
अझ रोचक त के भने नी सरकारले कानुनमा यस्तो बुदा जबर्जस्त थपाएको छ , कानुनमा जसले गर्दा एनसेलले करबाट उन्मुक्ती पाउने छ । मेरो बुवा टेलीकममा जागीरे भएर एनसेलको बिरोध गर्या होइन । तर एक नेपाली भएर सोचे - आखिर एउटा सामान्य पसल गर्ने मान्छेले समेत ट्याक्स तिर्नु परीरहेको बेला तेत्रो खर्बौ रकमको एउटा धनी कम्पनीले किन अहिले सम्म ट्याक्स तिरेको छैन - तेत्रो ३४ अर्ब रकम ? किन सरकारले उसलाई करको दायरामा ल्याउन सकिरहेको छैन ?? कि टेलीकम सेवा प्रदायक कम्पनीहरुले कर तिर्न नपर्ने हो ? यदी हो भने नेपाल सरकारकै स्वामित्वमा रहेको नेपाल टेलीकमले किन बर्सेनी अर्बौ रकम ट्याक्स तिर्छ त ? किन प्राइभेट बिदेशी कम्पनीले अर्बौ रकम ट्याक्स तिर्नु नपर्ने भएछ त ? सोचौ सब नेपालीले !!
सबै नेपालीले आफुले ट्याक्स तिरेको कुरा संमरण गर्नुस , समयमा कर तिर्न नसक्दा हर्जाना तिरेको कुरा सम्झिनुस , कर कार्यलयमा लामो लाइनका बिच राज्यलाई तिर्नु पर्ने कर तिरेको क्षण सम्झिनुस ?? अनि यो एनसेललाई कर उन्मुक्तीको कुरा सुन्नुस ! मान्नुस या नमान्नुस यो नेपाल टेलिकमलाई धरासायी बनाएर एनसेलको एकाधीकार देशैभरी पार्ने यो ठुलै सडयन्त्र हो । टेलीकमले एउटा टावर बनाउन सम्म मन्त्रीस्तरको निर्णय कुर्नु पर्छ । के जनताको सुबिधा भन्दा मन्त्री स्तरको निर्णय ठूलो हो र ??? एउटा टावर बनाउन समेत किन मन्त्रीको निर्णय चाहिने ?? एउटा टावर बन्न लगभग २-३ बर्ष लाग्छ - टेलीकमको टावर !! तेहि पल्लो डाडामा एन्सेलले २ महिनै मै टावर ठड्याइदिन्छ अनि आफ्नो मार्केट टेलिकम भन्दा अगाडि फिजाइ सक्छ ! तर लाचार टेलीकम मन्त्री स्तरले पास गरेको टावर बनाउने निर्णय कुर्न बाध्य मात्र छ । यो त टेलीकमलाई पनि जजुकाली जस्तै बनाउने प्रपन्च हो यो ।
सगज बनौ ! सचेत बनौ !!
हेल्लो सरकार लोडसेडिङ हटाएर कमाएको वाहवाही फेरि यहि कारणले नगुमोस नि - निर्णय सच्चाए हुन्छ । करको दायरामा ल्याएर त्यो पैसाले देशको बिकास गरे हुन्छ । है । बरु एनसेलको बारेमा भन्दा टेलिकमको बारेमा सोच्नुस किनकी त्यो त आफ्नै सम्पती नै हो । पोस्नै छ कसैलाई भने टेलिकमलाई पोस्नुस । गाउँगाउँमा टेलीकमका टावर र ईन्टरनेटको पहुच दिदिनुस ! त्यसपछि हेर्नुहोस जनता कति खुसी हुने छन । किनकि सानो सानो कुरामा खुसी हुनु नेपालीको आदत बनिसक्या छ ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !