सल्यानको सुन्दर भुमी कपुरकोटलाई जोगाऔ अभियान'



कपुरकोट बासीदाजु भाईहरु तपाईंहरु त्यहा माहोल बनाउदै गर्नु होला
हामी युवाहरुले काठमाण्डौबाटै हस्ताक्षर सन्कलन गरेर अभियानको बिधिबत उदघाटन गरेर त्यही कपुरकोटमै आउँदै छौ ।
हाम्रा नेताज्युहरुलाई यतीबेला चुनाव लागेको छ । त्यसैले यस बिषयमा डिस्टर्ब नगर्नु होला । बस आफ्नो भुमीलाई बचाउनका निम्ती तपाईंहरु सबै एक भएर आउनु होला । हामी युवाहरु पनि एक भएर आउँदै छौ । मिलनबिन्दु कपुरकोट । उदेश्य : कपुरकोट जोगाउने र सल्यान गेट बनाउने । अनी समिर्द्द सल्यानको पथमा लम्किन।
" सल्यानको सुन्दर भुमी कपुरकोटलाई जोगाऔ अभियान " अन्तर्गत नेपाल सरकारलाई भद्र रुपमा कपुरकोटको समस्याका बिषयमा सरकारको ध्यानमा पार्नको निम्ती हामीले सुरुवातको चरणमा काठ्मान्डौमै रहने सल्यानीहरुबाट एक्केबद्दता र हस्ताक्षर सन्कलन गर्ने योजना बुनेका छौ । करीब १००० जती हस्ताक्षर काठमाण्डौबाट पुर्याउने लक्ष्य छ ।
त्यसपछी पुन:सल्यानमा हस्ताक्षर सन्कलन गरिने छ । श्रीनगर, खलङ्गामा २/२ दिन हस्ताक्षर सन्कलन गरिसके पछी हामी युवाहरु टोली गेट बनाउन कपुरकोटतिर आउने छौ । अनी त्यहा पुन: हस्ताक्षर अभियान चलाइने छ - एक हप्ता जती । त्यसपछी कपुरकोटबासीहरुकै रोहबरमा र सल्यानी युवाहरुको पहलमा हामीले लगभग सन्कलित ५००० एक्केबद्दता सहीतका हस्ताक्षरहरु र त्यो सँगै एउटा कपुरकोटको समस्याको भिडियो सिडीमा राखेर , कपुरकोटको समस्याका तस्बिरहरु अट्याच गरेर कपुरकोटबासिकै रोजाइका ३/४ जना ब्यक्तीहरुलाई सिंहदरबार पठाइने छ । उहाहरुले सरकारका जिम्मेवार ब्यक्तीसँगको उक्त समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउनु हुनेछ ।
त्यसपछी गेट निर्माण कार्य पनि सँग सँगै उदघाटन भएर अघी कामहरु अघी बढ्ने छ । त्यसपछी हामीले त्यहा एउटा भुगर्ब बिदहरुको टोलीलाई स्थानिय खर्चमै बोलाएर त्यहाको समस्याका बारेमा अध्ययन र अनुसन्धान गर्न लगाउनेछौ । त्यसका निम्ती हामीले अहिले देखी प्रयास थालीसकेका छौ । त्यसपछी उहाहरुकै सल्लाहमा हामीहरुले कपुरकोटको पहीरो नियन्त्रणका उपायहरु अपनाएर कामहरु पनि गरेर अघी बढ्ने छौ ।
हामीले सबै कपुरकोट बासीको सहभागीतामा पहिरोले प्रभावित घरहरु पन्छ्याउने । सम्भावित पहिरो जाने पाटोतिर चेट जालीका कामहरु गर्ने , ढुङ्गा माटो थुपारेर भास्सिएको भुमीलाई समतल बनाउने । रोल्पा जाने बाटोबाट बर्खामा बग्ने पानीलाई तल बजारमा पर्न नदिएर नालीबाट बगाउनु पर्छ । यसको निम्ती नालीको सफाइ हुन जरुरी पनि छ । त्यस्तै जिल्ला प्राबिधिक कार्यलयको सहयोगमा इज्न्जियरको टोलीले पहिरोले प्रभावित कुन घर बस्न लायक छ , छैन भनेर रोडको तल्लो साइड तिरका घरहरु बर्गिक्रित गर्दिने ।
बर्खायाममै हामीहरु अभियन्ताहरु पनि त्यतै रहने सम्भावना देखिन्छ ।
हामी सँगै हुनेछौ - बर्खामा कपुरकोट बासीहरुसँग । हाइ अलर्ट बस्नु पर्छ । पहिरो रोकधामका प्रारम्भिक साधनहरु स्टेण्डबाइ गरेर राख्नु पर्छ । त्यसपछी रोल्पा जाने रोडतिर एउटा ठुलो पोलमा एउटा नाइट फ्ल्यास लाइट राख्नु पर्छ - बिशेष गरी बर्खामा । लाइन गएमा बैकल्पिक उर्जाका साम्ग्रीहरु प्रयोग गरेर भएनी त्यो लाइट बर्खाभर निभ्नु भएन । त्यसपछी यो बर्खा टरेपछी हामी पुन:हाम्रा जनप्रतिनिधीज्युह्हरु र सरकारलाई उसै गरी भद्र दबाब दिदै जानेछौ ।

Kapurkot,the gateway to Salyan,21 km North of Tulsipur, the zonal headquarter of Rapti, on the Tulsipur- Salyan road has one of the country’s busiest markets from where fresh fruits and vegetables are dispatched to many cities of the country. The National Ginger Research Centre also located here. Kapurkot is also Renowned as the commercial place of Salyan District & also famous for its moderate climate for living.
हाम्रो महत्वपूर्ण भुमी कपुरकोट !
- तरकारीको केन्द्र !
- सल्यानको ब्यापारीक केन्द्र मध्यको एक केन्द्र !
- सल्यान प्रबेश गर्दा सुरुमै पर्ने ठुलो बजार/केन्द्र !!
- यहाँ देशकै दोश्रो ठुलो तरकारी संकलन केन्द्र ( बेमौसमी तरकारी ) समेत अबस्थित छ । १५ हजार किसानहरु आबद्द रहेको कृषि उपज केन्द्रबाट मात्रै ४००० मेट्रिक टन जती तरकारी बाहिर निर्यात हुने गर्दछ । जसबाट जिल्लामा करीब २५ करोड जती रकम भित्रिने गर्दछ ।
- यहाँ राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्र पनि अबस्थित छ ।
सल्यान र रोल्पाका १२ वटा गाबिसको केन्द्र !
आदरनिय समस्त सल्यानी महानुभावहरु हाम्रो महत्वपूर्ण भुमी यतीबेला संकटमा छ । पहिरोको उच्च जोखिममा छ । तसर्थ हामीहरु सबैले भद्र रुपमा सरकारलाई यस बारेमा दबाब दिनु पर्छ । एक जना , दुई जना हुँदै सबै सल्यानीको फेसबुकमा यस्तै दबाबमुलक कुराहरु राख्यौ,सेयर गर्यौ भने कतै न कतैबाट हाम्रो पिडा सुनुवाई होस । आउनुहोस यस पेटीसनमा सहभागी बनेर सरकारलाई भद्र रुपमा दबाब दिऔ - डिजीटल माध्यमबाटै !
पहिरोले क्षेती पुर्याएको स्थानका केही तस्बिरहरु हेर्नुहोस् हाम्रो महत्वपूर्ण भुमी कपुरकोटमा पहिरोले पुर्याएका समस्याहरुका तस्बिरहरु । यो लिङ्क क्लिक गर्नुहोला । https://www.facebook.com/DRdhurva/posts/1312010115531768?pnref=story
अब हामी एकजुट हुने बेला आइसकेको छ ।
एक सेयर गरौ र सामाजिक सन्जालमा भद्र रुपमा दबाद दिऔ ।
चुनाव सकिएसी भद्र रुपमै हाम्रा जनप्रतिनिधीहरुलाई यस बारेमा घचघच्याइ राखौ ।
र त्यसपछी पनि हाम्रो भुमी कपुरकोट प्रती सरकारी चासो गएन भने कपुरकोट बासीको अगुवाइमा हामी समस्त सल्यानीहरुले दबाबमुलक हस्ताक्षर अभियान चलाउने छौ र सिंहदरबारमा गएर प्रधानमन्त्री समक्ष डेलीगेसन बुझाउने छौ ।
.......................................................
कपुरकोट बजार नेपालकै उच्च पहिरोको जोखिममा रहेको स्थान हो । यहाँका बासिन्दाहरु पहिरोको सन्त्रासमा बसिरहेका छन । यस्तो महत्वपूर्ण भुमी यतीबेला भौगोलिक संकटमा छ । यहाँको जमिन बर्सेनी डेढ देखी २ मिटरको हिसाबमा भास्सीरहेको छ । घरहरु भास्सिदा हालसम्म ५० बढी परीवारहरु बिस्तापित नै भइसकेका छन । आकाशमा कालो बादल मडारीन थालेसँगै कपुरकोटबासिको मनमा पनि बादल लाग्ने गर्दछ । अली दर्केर पानी पर्दिने हो भने यहाँका बासीन्दाहरु त्रासले रातभर निदाउन सक्दैनन । त्रासमा बस्न वाध्य हुन्छन । बर्खामा आज हो कि भोली हो भन्ने त्रासमा बस्छन स्थानियहरु । समयमै ख्याल नदिए सिङ्गो बजारको नै अस्तित्व मेटिन सक्छ ।
कपुरकोटलाई बचाउन सरकारकै मुख ताक्नु पर्ने देखिएको छ । किनकी यसको समाधानका निम्ती लार्ज स्केलमा सरकारले बजेट छुट्ट्याउनु पर्छ । यसको निम्ती सरकारलाई भद्र रुपमा दबाद दिऔ । एउटा आँफैमा महत्वपूर्ण भुमी यसरी संकटमा रहदा हामी सल्यानका अन्य ठाउँमा बासीन्दाहरुलाई पनि चित्त दुखेको छ । सरकार लगाएत अन्य निकायको यथासिघ्र ध्यान जाओस । यदी समयमा ध्यान दिइने होइन र यस्तै हेलचक्राइ गरियो भने कपुरकोट बजार त भासिन्छ नै । यसले दाङको तुल्सिपुरको भविस्यमा पनि त्यती राम्रो सन्केत गर्दैन । किनकी त्यो थुम्को यदी झर्ने हो भने यो पातुखोलाकै मुहानमा झर्छ सुरुमा ।
Prevention Is Better Than cure "
पूर्व साबधानी अपनाऔ ।
सरकार हाम्रो जिल्लाको एउटा महत्वपूर्ण भुमी संकटमा छ ! अब बचेँको जती भुभागलाई जोगाइदिनुस् । त्यसपछी यस भुमीले बुटवल देखी सुदुरपस्चिमका बजारमा मात्रै नभएर सिङ्गो देशैभरी ताजा ताजा तरकारी निर्यात गर्न सक्षम हुने छ ।
हामीले गर्न सक्ने भनेकै भद्र दबाब दिने हो सरकारलाई र सरोकारवालाहरुलाई । यसको निम्ती यि भिडियोहरु खोलेर हेर्दिनु हुन अनुरोध । हेरेसी चिन्तन मनन गरौ र यो भिडियो सेयर गरी सरकारको कानसम्म पुर्याइ भद्र पाराको दबाद दिन पनि आग्रह ।
भिडियो सौजन्य : निराजन खनाल
भिडियोको लिन्क :
For Facebook : https://www.facebook.com/salyandrishtikon/videos/1110202799124560/?pnref=story
For Youtube :
https://www.youtube.com/watch?v=vMAgk72ex0Y&t=361s

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FDRdhurva%2Fposts%2F1312010115531768&width=500" width="500" height="746" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true"></iframe>

जय सल्यान !

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !