यो पाली होइन अर्को पालीको चुनावमा शारदा नगरपालीका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गर्दछु ।


२१ बर्षे रन्जु दर्शना काठमाण्डौ महानगरपालीकाको मेयर पदमा उम्मेद्वार दिए जस्तै २३ बर्षे मैले पनि सल्यानको शारदा नपाको मेयर पदमा उम्मेद्वार दिन नसक्ने पनि त होइन । चाहे भने दिन सक्छु । ठुलो कुरो गर्‍यो भन्ने नमान्नु होला । मैले ६८ पेजको सुन्दर शारदा नपा घोषणापत्र - २०७४ ( शारदा नगरपालीकालाई सुन्दर,सम्रिद्द र स्मार्ट नगरपालीका बनाउन सक्ने योजनाहरु / खाकाहरु समाबेश गरीएका छन । ) तयार पारीसकेको छु ।
यसैको जगमा मेरो उम्मेद्वारी जायज हुन जान्छ पनि । मैले समग्र सल्यानलाईसँगै समग्र शारदा नपालाई पुर्ण रुपमा अध्ययन गरेर स्थानिय स्तरमै गर्न सकिने सयौ सपनाहरु योजनाहरु / अभियानहरु समाबेश गरेर निम्न घोषणा पत्रहरु तयार पारीसकेको छु । सल्यान बिकासनिती ( २१२ पेजको ) सम्रिद्द सल्यान घोषणा पत्र-२०७४ (स्थानिय स्तरमै गर्न सकिने झन्डै २०० वटा अभियानहरु समाबेश गरिएको छ ।) र सल्यान पर्यटन बर्ष-२०७५ घोषणा पत्र (४८ पेजको ) ।
यसर्थमा यो पाली त सम्भब छैन । तर आउदो पालीको स्थानिय निकायको चुनावमा सल्यान शारदा नगरपालीका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गर्दछु । माहोल बनेको छ स्थानिय स्तरमा । अब माथिल्लो निकायमा पनि हाम्रो कुरा सुनिदिने मान्छे हुनुपर्‍यो - यसर्थमा मेरो उम्मेद्वारी धेरै हदसम्म जायज नै छ । फेसबुकमा लायक आएकोले उच्केको पनि होइन । यथार्थ सल्यानलाई सल्यान दृष्‍टिकोण पेजबाट बुझ्ने मौका पाएको छु । धेरै त भन्दिन तर अधिकान्स सल्यानका कुराहरु बुज्न पाएको छु । यिनै बुझाईका आधारमा आफुले केही सपनाहरु देखेको छु । र ति सबै सल्यानीका साझा सपनाहरुलाई साकार पार्न मेरो उम्मेद्वारीको प्रमुख एजेण्डा हुनेछ ।



मेरा केही सपनाहरु :
शारदा नगरपालीकामा !
डिजिटल शारदा नगरपालीका
हरियाली नगरपालिका
भ्रस्टचार मुक्त नगरपालिका ( हरेक सरकारी कार्यलयहरुमा अनिबार्य रुपमा सिसीटिभी राख्न निर्देशन दिने )
श्रीनगरको बसपार्क डिटीलाईजेसन देखीन माल्टामा पानीको समस्या समाधान गर्नु पर्ने छ । शारदा खोलाको अस्तित्त्व जोगाउन शरदा खोलाले छुने प्रमुख बजारहरुमा डम्पिङ साइटहरु बनाउनु पर्ने छ । र सम्भब हुने ठाउँहरुमा खोलाको किनारमा रुखहरु रोपिनु पर्छ - केही स्थानमा मात्रै सम्भब छ , त्यस्तै लुहापिङ फिल्डमा गोल सर्कल हुने गरी रुखहरु रोपेर लस्करै फलामे बेन्चहरु राखेर एउटा गज्जबको सानो स्टेडियम बनाउन सकिन्छ । महेन्द्र पार्कलाई स्तोरन्नती गररे एउटा ब्यबस्थित पार्क बनाउन आबश्यक छ । मार्केको सोरठी नाचलाई बिशेष टिम बनाएर नाचको ब्यापक प्रदशन गरिनु पर्छ । श्रीनगर नजिकैको दारिमचौरमा होस्स्टे सन्चालनका निम्ती पहल गरिने छ । श्रीनगर-खैराबाङ-हिवल्चा-मार्के-जयतपानी-कुपिण्डे-सल्लीबजारको नयाँ टुरिजम रुटको निम्ती कार्यहरु गरीने छ । श्रीनगरमा शारदाको माछा खाएको पर्यटक मन्दिर ताल र मनोरम सिनहरुको दृश्याब्लोकन गर्दै भेरीको तिरै तिर सल्लीबजारमा भेरीको माछा खान पुग्न सक्छ - यो रुटको बिकास हुन जरुरी पनि छ ।
शारदा नपाका हरेक वडामा प्रत्यक महिना निशुल्क स्वास्थ्य शिबिरहरु आयोजना गरीने छ , प्रौढ शिक्षालाई पुन:निरन्तर्ता दिइने छ । सिशु क्लास र प्रौड क्लासलाई मर्ज गरेर एउटै बनाएर काम अगाडी बढाइने छ । भन्नुको तात्पर्य शिसु क्लास भएको बिल्डिङ्गमा कोठा थप गरेर प्रौढ कक्षा सन्चालन गरिने छ । त्यस्तै माल्नेटाको अदुवालाई अन्तरराष्ट्रिय बजारीकरण गर्न सकिने छ । अदुवाकै पोडक्टहरु सल्यानमै बनाएर बाहिर सप्लाई गरिने छ । यो खालो बातावरण तय गरिने छ । हरेक माबीमा डिजिटल लाईब्रेरी , र निमाबी , प्राबीको निम्ती सामान्य लाइब्रेरी अनिबार्य रुपमा बनाइने छ - बिधालयहरु सँगको सहकार्यमा । नगरपालिका स्तरिय ब्रिहत सल्यानी कला,साहित्य महोत्सब र त्यसैको जगमा टेकेर जिल्ला स्तरिय कला साहित्य महोत्सब आयोजना गरिने छ । मासीक २००को दरमा युवाहरु बिभिन्न सिपमुलक तालीमहरु प्रोभाइड गरीने छ ।
सामुदायिक बनहरुसँग सहकार्यमा केही स्थानमा नमुना बृक्षारोपण जस्तो कि कुनै जङगमा आप पुलाउनो जस्ता जातका बिरुवाहरु रोप्न सकिने छ । सल्यानको हस्पिटल क्षेत्र तिरको घना सल्लेरी जङ्गललाई बिशेष संरक्षण गरिने छ । हरियाली शरदा नपा हाम्रो शान" यो कुरालाई आत्मसाथ गरिदै शारदा नपामा मात्रै झन्डै ५००० नयाँ रुख रोप्ने योजना बुनिने छ । श्रीनगर बजारलाई स्मार्ट सिटीको रुपमा बिकास गरिदै गइनेछ । शारदा नपा अन्तर्गत पर्ने एतिहासिक, पर्यटकिय र प्राकृतिक सम्पदाहरुको लिस्ट आउट , डकुमेन्ट्री निर्माण , त्यस्तै श्रीनगरमा बर्षको १ चोटी श्रीनगर रोड फेस्टिबल आयोजना गरिनेछ । लुहापिङको डाडोमा एउटा मध्यम खाले फलामे भ्यु टावर राखिने छ । कजेरीमा रहेको खामे लेखको बिषयमा अन्तरराष्ट्रिय रुपमै उत्खननको निम्ती पहल गरीने छ - यहाँ चुन ढुङ्गाको सम्भावना रहेको ठाउँ हो । यि र यस्तै यस्तै खाकाहरु र ति योजनाहरु पुरा गर्न सकिने माध्यमहरु समाबेश गरिएको सुन्दर शारदा नपा घोषणापत्र - २०७४ सिघ्र ल्याउदै छु ।
त्यस्तै समग्र जिल्लालाई सोचेर बनाएका केही अभियानहरु यस प्रकार छन ।
-सल्यान गेट निर्माण अभियान (चलिरहेको अभियान)
-महत्वपुर्ण भुमी कपुरकोटलाई जोगाऔ अभियान (चलिरहेको अभियान)
त्यस्तै ,हामीले सन्चालन गर्न सकिने अभियानहरु :
- कुपिन्डे तालको सरसफाइ अभियान
- आफ्नो-गाउँटोल सफाइ अभियान
- जनचेतना अभियान
- बृक्षारोपण अभियान
- सल्यानमा एउटा पार्क बनाउने अभियान एउटा-एउटा प्रतीक्षालय बनाउने अभियान
- सल्यान टुरीजम अभियान
- क्लिन सल्यान ग्रीन सल्यान अभियान
- डिजिटल सल्यान अभियान
-सामुदायिक लाइब्रेरी अभियान जस्ता स्वतन्त्र अभियानहरु
( सयौ अभियान थपिन बाँकी )
माथीको स्त्याटससँग तपाईंका केही बिमती भए इन्बक्समा आउनु होला ।

यती सब गरीसकेको अनुभव छ । समिर्द्द सल्यान घोषणा पत्र - २०७४ पनि यिनै कार्यहरु जगमा टेकेर लेखिएको छ । टाइप गरेर पिडिएफ फाइलमा आउने छ । ढुक्क रहनुस् ।

सल्यान जिल्लाका निम्ती म र हाम्रो सल्यान दृष्‍टिकोण टिमाले गरेका गरेका केही प्रयासहरु :

१)सल्यान दृष्‍टिकोण-भाग १ र सल्यान दृष्‍टिकोण-भाग २ पुस्तकको प्रधानसम्पादकको रुपमा भूमिका निर्बाह

२)सल्यान रुकुम यातायात ब्यबसायी समितीसँगको संयुक्त सहकार्यमा सल्यानका तीन ठाउँहरु कपुर्कोट,श्रीनगर र खौला बजारमा सल्यानका पर्यटकिय चिनारी अङ्कित होरिङ्गबोर्ड्हरु राख्ने कार्य

३)सल्यानकै सर्बाधिक लोकप्रिय पेज सन्चालन (२०,५०० आसपासमा पेजको लाइक रहेको र यसमा झन्डै १ लाखको रेसियोमा विक्ली भिजिटरहरु जोडीनु हुन्छ । )
यो पेजमा सल्यान बिशेष २५०० भन्दा बढी तस्बिरहरु सन्कलित छन ।
४) सल्यान दृष्‍टिकोण टिमको दुबै मृगौला पीडित सल्यान स्यानिखाल १ डाग्रीका ३६ बर्षीय हेमराज बुढाथोकी सहयोगार्थ सन्चालीत फेसबुक अभियान “हेमराज बुढाथोकीलाई बचाऔ अभियान “ सन्चालन गरी दुईचरणमा रु.१,१९,०००/- प्रदान । Birendra Chalaune को बिशेष अग्रसरतामा
६) सल्यान दृष्‍टिकोणको युटुब आइडी सन्चालन ( जसमा सल्यान बिशेष केही भिडियोहरु राखिएको छ । हजारौले एउटै भिडियोहरु हेर्ने गर्नु भएको छ । )
७) इतीहासमा सल्यान ! (तस्बिरहरु सहित) :
८) सल्यान A NEW TOURISM DESTINATION IN NEPAL : https://spark.adobe.com/page/739RzAuTM1dgi/?w=3_2042

९) सल्यानका पर्यटकिय सम्पदाहरुको तस्बिर कलेक्सन ।: https://www.facebook.com/pg/salyandrishtikon/photos/
१०) HAMRO SALYAN RAMRO SALYAN | SALYAN DRISTHIKON |(फोटो स्लाइड वाला भिडियो) https://www.youtube.com/watch?v=FTAZBqlhyU8&t=101s

११) अ कप अफ टि म्यान - भुपाल भन्डारीको" डकुमेण्ट्री निर्माण !
१२) सल्यान दृष्‍टिकोण पेजको सल्यान बिशेष भिडियो ग्यालरी जसमा सल्यानका बिभिन्न नाचहरु , बिभिन्न प्रतिभाहरुका भिडियोहरु छन । झन्डै १०० जती सल्यान सँग भिडियोहरु यहाँ हेर्न सक्नुहुने छ ।
..................
सल्यान गेटको परीकल्पनाकार म भए पनि हामी सयौ सल्यानी युवाहरु यस अभियानमा जोडीएर अभियानलाई सन्चालन गर्दै छौ । जसका बारेमा अपडेटहरु तल छन ।

१) आर्थिक अभियानका बारेमा :
२)'सल्यान गेट' निर्माणको लागि साईटको प्रारम्भिक निरिक्षण तथा सर्वेक्षणको रिपोर्ट :
३ ) गेट निर्माणमा प्रत्यक्ष रुपमा खटिएरै काम गर्ने युवाहरुको घोषणा : https://dhurvaji.blogspot.in/2017/03/blog-post_15.html

४)सल्यान गेटका बिषयमा जिल्लाका नेतृत्व तथा नेताहरुलाई प्रश्न ? : https://dhurvaji.blogspot.in/2017/03/blog-post_45.html

५)हामी यसरी अगाडी बड्ने छौ , अब !
६)सल्यान गेट निर्माण अभियानका निम्ती सहकार्यको अपिल :
https://dhurvaji.blogspot.in/2017/03/blog-post_37.html

७) मिडिया कभरेज : *
* रेडियो तहल्का सल्यान https://dhurvaji.blogspot.in/2017/03/blog-post_67.html

नयाँ पत्रीका रास्ट्रीय दैनिक:
उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम नेपाल दर्पन :
..................................
सल्यानको सुन्दर भुमी कपुरकोटलाई जोगाऔ अभियान !
पहिरोले क्षेती पुर्याएको स्थानका केही तस्बिरहरु हेर्नुहोस् हाम्रो महत्वपूर्ण भुमी कपुरकोटमा पहिरोले पुर्याएका समस्याहरुका तस्बिरहरु । यो लिङ्क क्लिक गर्नुहोला ।https://www.facebook.com/DRdhurva/posts/1312010115531768?pnref=story

भिडियोको लिन्क :
For Youtube :
PETITION LINK :
यि सब कार्यहरु मैले एक्लैले मात्रै गरेर सम्भब हुने थिएन । धेरै सहयोगी हातहरु पाएको छु । सबैलाई हार्दिक आभार अर्पण गर्दछु ।
...................................................................................

Comments

  1. एकदमै उत्कृष्ट बिचार

    ReplyDelete

Post a Comment

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !