लोकतन्त्र / गणतन्त्र / प्रजातन्त्र = जनताको शासन ।
नेपालमा लोकतन्त्र पनि आइसक्यो !
गणतन्त्र त झन केही बर्ष पहिले बडा बाजागाजा बजाएर धुमधामका साथ आको थ्यो - हामी स-साना छदै !!
अनि प्रजातन्त्र चाहिँ हाम्रा बाहरुले छोरछोरीको लागि पहिल्यै ल्याइदी सक्या थिए - हामी जन्मिनु भन्दा अगाडी नै !!!!
गणतन्त्र त झन केही बर्ष पहिले बडा बाजागाजा बजाएर धुमधामका साथ आको थ्यो - हामी स-साना छदै !!
अनि प्रजातन्त्र चाहिँ हाम्रा बाहरुले छोरछोरीको लागि पहिल्यै ल्याइदी सक्या थिए - हामी जन्मिनु भन्दा अगाडी नै !!!!
अब जे जे तन्त्र भनेनी जनताकै शासन नै हो शारमा । तर किन हरेक शब्दको फरक-फरक डेफिनेशन र फरक-फरक ईतिहास त ?? किन हरेक शब्द अनुसार नेपालमा बर्षको तीन दिन एउटै शार बोकेको `जनताको शासन आएको´ नाममा एउटै दिवस मनाइन्छन त ?? किन उस्तै भाव दिने एउटै शारको शब्द-शब्दमा राजनीति घुसाइएको छ त नेताज्यु ??
एउटा जनताको प्रश्न ?
हो म मान्छु , यो देशमा धेरै परीबर्तनहरु भए ।
राणा शासन हटाइयो , शाही शासन पनि हटाइयो अनि जनताको शासन अब चाहिँ आयो है भनेर देशैभरी प्रचार गरीयो ।
राणा शासन हटाइयो , शाही शासन पनि हटाइयो अनि जनताको शासन अब चाहिँ आयो है भनेर देशैभरी प्रचार गरीयो ।
जनताले पत्याएर स्व-स्फुर्त रुपमा चुनावमा भोट हाले पनि ! अझै पनि हाल्ने नै छन - यसमा दुईमतै छैन !
तर नेताज्यु जनताको एङ्गलबाट सोचेर हेर्नुस त !! के लोकतन्त्र आकै हो त यो देशमा ?? यदी आएको हो भने कहिले आफ्नै देशका प्रहरीको गोलीले नेपाली नै मर्ने कहिले अर्कैको देशका प्रहरीको गोली लागेर पनी नेपाली नै मर्ने किन ?? हामीले सबथोक मान्ने हाम्रो नेपाल सरकार यस विषयमा किन यति बिघ्न लाचार !!
राणा शासन देखि अहिले सम्म आखिरी अनहाकमा नेपालीहरु नै किन मर्छन , मारिन्छन !!! अझ नेपालीले भोगीरहेको समस्या , अभाव र गरिबीको त कुरै छोडौ !! समस्या नै समस्या , अभाव नै अभाव - यी सब त जनताले पुस्तौ देखि भोग्दै आएको पीडा हो । अभाव , समस्या त जनताको दैनिकि नै हो !! आदत नै भइसक्यो अभाव,समस्या,अनि पिडामा रम्नु त !!
अब मैले भन्न खोज्या चाहिँ के भने नि - नेताज्यु ,जनताले अभाव झेलेर , पीडा खपेर , समस्यासंग जुधेर भए नि हरेक चुनाबमा तपाईहरुलाई नै भोट हालिरहेका छन । तपाईंहरुलाई नै जनताले सबथोक मानेर चुनाबमा जिताएर पठाउछन ।
तर पनि आखिर पिल्सिने जनता नै , मर्ने पनि जनता नै ?? किन ?? के हाम्रो सरकार जनताको सुरक्षा गर्न असमर्थ भएकै हो त ?? नेताज्यु हामीलाई चिल्लो पक्की बाटो , बिकास निकास केही चाहिदैन बरु !
हामिलाई पहिला हाम्रो ज्युधनको सुरक्षाको ग्यारेन्टी दिन सक्नुस `नेपाल´ त हामी सब नेपालीहरु मिलेर बनाइहाल्न सक्छौ । यत्ती कि हामी नेपाल अधिराज्यभर सानसंग घुम्न सकम !! आफुलाई देशै भरी सुरक्षीत महसुस गर्न सकम !!
यति गर्दिनुस । बस अरु केही आशा छैन - तपाइँहरुबाट !!
यति गर्दिनुस । बस अरु केही आशा छैन - तपाइँहरुबाट !!
Comments
Post a Comment