धुर्वराज वलीको अपिल पत्र
अपिल पत्र! म, धुर्वराज वली, सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारको रूपमा तपाईंहरूसामु उभिएको छु। मेरो अनुहारभन्दा मेरो एजेन्डा हेर्नुहोला—यही मेरो विनम्र तर दृढ अपिल हो। नारा “पुर्खाको कदर, वर्तमानको सुधार, समृद्ध सल्यानको आधार” अभिवादन: जय सल्यान ! १. ‘जय सल्यान’ को ब्रान्डिङ ‘जय सल्यान’ केवल नारा होइन, सकारात्मक भावनाको पहिचान हो। भित्ते लेखन, यातायातका साधन, सामाजिक अभियानमार्फत यसलाई सल्यानको साझा चिन्ह बनाइनेछ। इच्छाशक्ति भए पुग्छ र त्यो मसँग छ। २. सल्यानका बाटा “सल्यानको राम्रो बाटो” यो सपना अब नारामै सीमित रहँदैन। योगदानकर्ताको स्मृतिमा खण्ड नामकरण , सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय, योजना आयोगसँग समन्वय गर्दै स्पष्ट रोडम्यापका साथ काम अघि बढाइनेछ। इच्छा भए सम्भव छ, म सक्छु भन्ने विश्वास छ। ३. स्वास्थ्य क्षेत्र सुधार जिल्ला अस्पतालसहितका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार प्राथमिकता हुनेछ। अलपत्र भवन अगाडि बढाइनेछ। सांसदको भूमिका सहजीकरण हो जनता, अस्पताल प्रशासन र व्यवस्थापन समितिसँग मिलेर यो काम सम्भव छ। ४. ...