सल्यानी खुकुरी र यसको इतिहास !!


२०१७ सालतिर तत्कालीन राजा महेन्द्र सल्यान जिल्ला भ्रमण गर्ने क्रममा सल्यानको शितलपाटीमा आवागमन भएको थियो । त्यतिबेला राजा महेन्द्रले शितलपाटीमा सल्यानी खुकुरीको चर्चापरीचर्चा सुन्नु भयो ।

 चर्चा सुनेपस्चात त्यस समयका चर्चित खुकुरी निर्माता तिलक बिकसंग भेट गरि उनिसंगै राजा महेन्द्र खुकुरीका लागी प्रसिद्द स्थान सल्यान सदरमुकाम खलंगाको मेचखानामा सवार हुनुभयो । र उहाले सल्यानी खुकरी बन्ने प्रकृया र निर्मित सल्यानी खुकुरीको गुणस्तर अबलोकन गरी खुकुरी निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरि १२ थान खुकुरी काठ्मान्डौ लिएर जानुभएको थियो ।  

उहाँ  काठमाडौं गइसकेपछी उहाले संगै लिएर गएका १२ थान सल्यानी खुकुरीको काठमाडौंमा व्यापक प्रदर्शन गर्नुभयो । पुन: सल्यान भ्रमणको अबसरमा राजा महेन्द्रले पुर्व प्रतिबद्धता अनुरुप खुकुरी निर्माणको लागी आबश्यक सामग्री उपलब्ध गराउनु भयो । सो पश्चात् सल्यानी खुकुरीको चर्चा देशैभरी चुलियो । खुकुरीका लागि सल्यान देशकै दोश्रो प्रसिद्द जिल्ला भएतापती गुणस्तरका हिसावले सल्यानी खुकुरी देशकै पहिलो स्थानमा आउने बिज्ञहरु बताउछन । 

द्वन्द्वको समयमा खुकुरी उत्पादनमा रोक लगाइएकाले २०५०-२०६५ साल सम्म सल्यानी खुकुरीको चर्चा ह्वात्तै घट्न पुग्यो । शान्ति पुनः स्थापना पछि आफ्नो पुर्खाको बिडो थाम्न सल्यान खलंगाका खुकुरी निर्माताका सन्तानहरुले खुकुरी निर्माण कार्य अगाडी बढाउदै आएका छन । विशेषगरी कुनै कार्यक्रममा अतिथिलाई उपाहार स्वरुप सल्यानी खुकुरी दिइने प्रचलनल गर्दा सल्यानी खुकुरीको माग बिस्तारै बढ्दै र चर्चा चुलिदै गएको छ । 

(तस्बिरमा सल्यान खलंगाका खुकुरी निर्माताहरु )  

तस्बिर: पुरुस्वत्तम गिरी
जानकारी : सम्रिद्द सल्यान पुस्तकमा प्रकाशित अनिल भन्डारीको सल्यानी खुकुरी बिशेष लेखबाट



Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )