लघु कथा – बाउ र छोरा

काठमाडौं  पढ्न गएको छोराको खातामा पैसा जम्मा गरिदिएर बाउ बैंक बाहिर निस्कन्छ । अनी बैंक वालाले भिडाईदिएको एउटा सानो चिर्कटो एकलट हेर्छ । फोल्ड गर्छ र इस्टकोटको भित्री खल्तीमा साबधानीपूर्वक हुल्छ ।
File Photo.. Source :GOOGLE

त्यसपछी………
उ नजिकैको पसलमा जान्छ ।
” साहुनी चुरोट ” !
” कुन ? ”
” खुकुरी ” !
” कती ? ”
खल्तीबाट ५ रुप्पेको नोट झिक्दै । – ” ५ रुप्पेको दिनु न ! ”
साहुनीले २ वटा खुकुरी चुरुट थम्याउछे ।
साहुनीले थम्याएका २ वटा खुकुरी चुरोट हेर्दै बोल्छ – ” दुइटा मात्रै ”
” अनी कती त ?”
” नाइ के ! कइ कइ त तीनटा दिन्छन हे । “- फिस्स हास्दै बोल्छ उ।
” जा दिन्छन ति गए भईहाल्यो नि ” ! – साहुनी च्याठिइ !
साहुनीको टर्रो बोलीले उसलाई केही फरक पर्दैन । उ उसैगरी फिस्स हाँस्दै बोल्छ – ” भइगो भइगो ” !
त्यसपछी…
उसले एउटा चुरुट सल्काउछ । अर्को चाँही चिर्कटो हुलेकै खल्तीमा सुरक्षितसाथ राख्छ ।
पाइन्टको खल्तीबाट मोबाइल झिक्छ । फोन लाउछ ।
” बाबु पैसा जम्मा गर्दिसक्या छु । गएर निकाल है । १५,००० हाल्देको छु । अनी सुन त निकालीसकेसी फोन गर है । ”
त्यसपछी..
उसले फोन खल्तीमा हुल्छ । चुरोटको लामो सर्रो तान्छ । धुवा फुइयय मास्तिर उडाउछ । एक टक माथि हेर्छ । एक छिन यत्तिकै टोलाउछ ।
त्यसपछी..
निधारतिर टिलपिलाएका पसिना यसो पुछेझै गर्छ ।
अनी दुबैहात पछाडी पिठ्युतिर बाध्छ अनी लमकलमक लम्कछ । अगाडीतिर………..
………………………………………………………………………….
छोरा {आधा घण्टापछी}
उता छोरो ATM बाट बाहिर निस्कन्छ । ATM ले भिडादिएको एउटा सानो रिसीप्ट यसो हेरेझै गर्छ । अनी कच्याककुचुक पार्दै ATM बाहिर रहेको डस्टबिनमा हुर्याउछ ।
जिन्सको पुटुस्स परेको दाहिने खल्तीमा एकताल हात पुर्याउछ । अनुहार चम्किलो पार्छ अनी नजिकैको पसलमा जान्छ ।
” साहुनी सिग्रेट ”
” कुन ? ”
” सुर्य ” !
” कती ? ”
खल्तीबाट १००० को नोट झिक्दै – ” दिनु न यसो २/४ वटा मिलाएर “!
” खुज्रा पैसा छैन “?
“ओहो ! छैन नि । अ यसो गर्नुस एउटा बट्टानै दिनुस न त ! ”
साहुनीले एउटा सुर्यको बट्टा र बाँकी बचेँको खुज्रा पैसा उसको हातमा थम्याउछे ।
उसले हतार हतार बट्टा खोल्छ अनी एउटा सिग्रेट सल्काउछ ।
साहुनीले दिएको बाँकी खुज्रा पैसा गन्दैन । जिन्सको पछाडीको खल्तीमा यसै कोचीदिन्छ ।
त्यसपछी..
जिन्सको दाँया खल्तीबाट मोबाइल झिक्छ । फोन लाउछ ।
‘ अ बुवा भर्खर पैसा निकाले , अ ल हुन्छ हुन्छ , अ लत ल बाइ ! बेल्का कल गर्छु नि हजुरलाई । ”
त्यसपछी फोन राख्छ । मोबाइल पुन: देब्रे खल्तीमा हुल्छ ।
सिग्रेटको लामो पप तान्छ । धुवा फुइयय मास्तिर उडाउछ । एक टक माथि हेर्छ । एक छिन यत्तिकै टोलाउछ । फिस्स हास्छ ।
त्यसपछी..
निधारतिर केही छरिएको बाल हल्का मास्तिर सार्छ । अनी सर्टको टाकमा झुण्डिएको कालो चस्मा निकाल्छ । लगाउछ र सरासर लम्कन्छ । अगाडीतिर ।
( नोट : नितान्त काल्पनिक ! कसैसँग मेल खान गएमा संयोग मात्र हुने )
समय लगभग उस्ताउस्तै । तर पात्र फरक !
परीबेश करीब करिब मिल्दोजुल्दो । तर परिस्थिती अलिक फरक – पात्रअनुसारको ।

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )