जुकरबर्ग क्याफे देखी अाधा माइलको यात्रासम्म........

FILE PHOTO

म फेरी पुगेको हुन्छु । त्यही क्याफेमा । मेरो प्यारो क्याफे - जुकरबर्ग क्याफेमा । सदाझै गरी । दिनमा धेरै चोटि पुग्ने गर्छु । कती हो कती पटक । ठ्याक्कै हेक्का छैन । तर बचेँकुचेको म्याक्स टाइम त्यतै ब्यतित हुुन्छन मेरा । त्यतै रमाउने जो आदत बसिसकेको छ मेरो । एकपटक नधाइ चित्तै नबुझ्ने । एकपटक नहेरी निद्रै नपर्ने - बडा अजिबको यो जुकरबर्ग क्याफे । मार्क जुकरबर्ग नामका एक अमेरिकीले थापाना गरेको क्याफे । निकै चर्चित क्याफे - यात्रा, तत्र , सर्बत्र । जताकतै ।
एउटा बेग्लै मात चढाउने जादु छ यो क्याफेमा । एउटा बेग्लै नशा ! जुन सहजै छुटदैन । छुटाउने कुनै रिहाब सेन्टर पनि आजको तिथीसम्म खुलेको रेकर्ड छैन । एकपटक यो क्याफेमा धाएको मान्छे सहजै उम्कन सक्दैन । भन्नुको मतलब फेरी नधाइ उस्को चित्त बुझ्दैन । फेरी नधाइ अनी फेरी नधाइ । र त्यसपछी जानी या नजानी ,सिकी या नसिकी त्यो मान्छे यो क्याफेको जन्जालमा परीहाल्छ । मात चढिहाल्छ । अनी भइहाल्छ यो क्याफेको नियमित ग्राहक । म जस्तै !!! !
संसारका हरकुनाका मान्छेहरु ! चाहे ति संसारकै अल्गो भुमीमा बस्ने पेरुका ला रिन्कोनाडाका हुन या त ति संसारकै होचो भुमीमा बस्ने न्यु ओर्लिएन्सका हुन । चाहे ति विश्वकै शान्तराष्ट्र आइसल्यान्डका हुन या त ति द्वन्द्वको चपेटामा परेको सोमालिया जस्ता राष्ट्रका हुन । चाहे ति संसारकै धनी राष्ट्र कतारका हुन या त ति संसारकै गरीब राष्ट्र सेन्ट्रल अफ्रिकन रिपक्लिकका मान्छेहरु हुन । चाहे ति आतंकबाद मच्चाउने आएसअाइका समर्थक हुन या त ति युनाइटेड नेशनका प्रतिनिधि हुन । चाहे ति विश्व हल्लाउन सक्ने शक्तीशाली ब्यक्तीहरु हुन या त ति विश्व थर्काउने ठुला राजनेताहरु हुन । चाहे ति बिल गेट्स जस्ता धनाड्य ब्यक्ती हुन या त ति एकछाक मात्र खान पुग्ने निमुखा गरीब हुन । सबै आउन मिल्ने । हर जात , हर धर्म , हर लेभल , हर देश । सबैको पहुचमा छ यो क्याफे । बस अनसाउण्ड माइन्डेड र १६ बर्स नकटेका बाहेक । बाँकी जती जम्मै । सबै । सबैभन्दा नि प्राय । प्राय भन्दा मि म्याक्स । यो क्याफेमा आउन कुनै रोकटोक हुँदैन । धनी र गरीबको पर्खाललाई वास्ता राख्दैन । । र त संसारका धेरै मान्छेहरु आउने गर्छन् । धाउने गर्छन् - यो क्याफेमा
हो म फेरी यही छु । जुकरबर्ग क्याफेमै । उही , उस्तै तर अलिक फरक तालमा । क्याफेमा धेरै साथीहरु हुन्छन । केही नयाँ साथी बन्ने प्रस्ताबहरु पनी आउछन । कोही बोल्न आउछन । देश बिदेशका खबरहरु पनि चर्चा हुँदै हुन्छन । अनेक टिकाटिप्पनी गर्दै हुन्छन , मेरा साथीहरु । खासै वास्ता राख्दिन । एकलास कसैलाई कुरिरा हुन्छु । नथाकी । नहडबडाइ ।
उ आउछे- क्याफेमा । मेरो हवास उडछ । चङिन्छु । उडेको हवासलाई चङगिएको मनले थाम्न पुघ्छ र म केही सम्हालिछु । र उसँग कुरा गर्न अघी सर्छु । हिजो मात्रै हो क्यारे उसलाई जुकरबर्ग क्याफेभन्दा बाहिर भेटेको । र उसङगै मैले अाधा माइलको दुरीजती हिंडेको पनि । सङ्गै !
त्यो क्याफेको बाक्लो जमातमा मैले उसलाई देखेको हुन्छु । । बिछट्टै राम्री हुन्छे उ । ति ठुला ठुला आँखा । निख्खर काला । गोला गोला आखाका नानिहरु । आँखाको चमक अनि गहिराई । अहो ! जति जति हेर्दै गए । उति उति डुब्दै गए । उति उति म फस्दै गए । नसालु ती आखामा म मात्दै गए । जुकरबर्ग क्याफेको मातमा उन्माद म । अनी नशालु ति उसका आँखाको नशा । ककटेल बन्दै थियो । ककटेल बनी रिङ्गाउदै थियो । दिमाग घुमाउदै थियो । दिमाग सम्म भए त ठिकै हो मनै घुमाइदियो । मजाको नशा दियो । र म झ्याप बने । अनयासै ।
उसको गोलो अनि गहुगोरो मधहुस चेहेरा ! । दात भने अलिक नमिलेका । उछट्टिएका । तर नि अति प्यारा । अगाडिका दात केही उच्चा । तर सारै सेता अनि चम्किला ! हाँस्दा बिछ्ट्टै राम्रि देखिने । गालामा डिम्पल पर्ने -दिपिका पादुकोनझै भने अलिक थिएन । प्रिती जिन्टा झै । अह त्यो नि नाइ । कस्तो त ? बेग्लै !औधी सुहाउने खालको त्यो खोबिल्डो !!
कलेजी ती ओठ । अनी वोठ र नाकको बिचतिरको कालो कोठी । गज्जबकै । बाँया साइडको गालामा हल्का दाग । तर त्यो दागपनी उसको अनुहारमा कती सुहाएको । मानौ भगबानले उस्लाई राम्री बनाउन त्यो दाग उपहार स्वरुप देका हुन । अहा! सिर्लिक्क परेको सिल्की उसको कपाल ।
मध्यम कदकि उ । पोटिला छाती अनी मध्यमफुकी जिउडाल । रापिलो जवानी । वाउ ! बिल्कुलै सेक्सी । अनी अली तल्लो स्तरको शब्द प्रयोग गरेर भन्नु पर्दा पुवाट ।
बिछट्टै पो राम्री थीइ त उ ! राम्रीलाई कस्ले पो साथी बनाउन मन नगर्दो हो र । झनै म त उसको रुपमा नै आधिउधी जती देख्ने बित्तिकै मनेमन घाइते भईसकेको थिए । साथी बनाउन मन गरी हाल्यो । साथी बन्ने प्रस्ताब राखिहाले । डाइरेक्ट अस्विकार । फेरी गरे । अह ! मानिन । फेरी गरे । अह !
भाउ खोजेको जस्तो माने । फेरी अर्को मनले चाँही चिन्दै नचिनेको मान्छे एक्कासी साथी बनम भन्दै प्रस्ताब गर्न जादा सहजै कस्ले पो मान्ला र ? हामी केटाहरुको एउटा सन्किर्ण सोच हुन्छ कि सिधै साथी बन्ने प्रस्ताब राख्दा साथी बनिहाल्ने केटी गतिली हुन्नन । गतिलिले त चिनेकोलाई मात्रा साथी बनाउछे । नचिनेकालाई सिधै होइन । केही भाउ खाएसी मात्रै ।अली अली चिनेसी मात्र । अली अली बुझेसी मात्र । सन्किर्ण सोचको अनुपम पराकाष्ठा!!
उसँग क्याफेमै साथी भईसकेका केही साथीहरुलाई मैले नि चिन्ने गर्थ्ये । सोधीहाले । बिनासोची । बिनासम्झी । उसका बारेमा ! झनै राम्रो कुरा सुने उसको । फ्र्यान्क नेचर , मिठो बोली ,बाठो स्वभाब ,दुरदर्शी सोचाइ , तिक्ष्ण बुद्धी ,बुझ्झक्कड टाइपकी , सहयोगी , मिजाशिली , अनुशासित लगाएतका बिशेषता उसमा रहेको थाहा पाए । झनै रुपको त कुरै नगरौ । अझै रिलेसनशिप स्टाटस सिङगल रे । अहो ! कम्ता मक्खिन , कम्ता लठ्ठिन भन्या । बिरलै सुनेको थिए । यती धेरै बिशेषता भएकी केटीको बारेमा । अब त झन मैले साथी नबनाइ छोड्ने कुरै भएन । त्यस्का लागि जुकरबर्ग क्याफेमा जती धाउनु परे परोस । वास्ता लागेन । बस साथी बनाइ छोड्छु । यानी हाउ - साथी । ड्रिढ हुन्छु । मस्तिक्स हुँदै मनसम्म कम्ता धक्का दिदैन उस्को रुपले । अनी उसका बारेमा सुनेको प्रसम्साले त झनै कान गुन्जयमान भईराखेको हुछ । । बारबार । इको समेत आउनेइगरी ।
साथी बन्न ब्यग्र प्रतिक्षारत थिए । उत्तिकै लालाहित अनी उत्तिकै आत्तिएको पनि ।
फेरी प्रस्ताब राखे । अह ! नाइ । प्रस्ताब अलिक बाख्ल्याउदै गए । अह ! जती प्रस्ताब गरे नि नाइ नाइ मात्रै । आवश्यकताभन्दा बढी भाउ खाइ भन्ने जोस चढ्यो । ह्या ! बनाउदिन भन्ने झोक नि । तर मन न हो । मान्थेन । अहो! मन त उसको लागि नरामो सँग जो भाबुकिएछ । बिचरो मेरो मन अनी लाचार म । दिमाग तातिए पनि मन भने उसका लागि हमेसा शान्त , निस्चल , अनी अटल भईदिन्थ्यो । फेरी राखे - उही ल्याङ ल्याङगे प्रस्ताब उर्फ साथी बन्ने प्रस्ताब । यसचोटी भने उसले मान्ने छाट देखाइ । साथी बन्न माने जस्तो जो गरिदिइ । मान्ने तर्खर देखाइहाली । र साथी भइपनी हाली । धेरै दिन देखीको ब्यग्र प्रतिक्षा पुरा भएकोमा म धेरै दङगिए पनि । मेरो धेरै किचकिच र घिचघिचले उ मलाई साथी बनाउन वाध्य थिइ या उ पनी मलाई साथी बनाउन केही हदसम्म लालाहित थिइ । छुट्याउन सकिराको थिइन । । या जे सुकैले होस् । आखिर साथी बनिहाली क्यारा । यस्तै सोचे ।
धन्यबाद जुकरबर्ग तिम्रै क्याफेमा आज मैले सर्बगुन सम्पन्न केटी साथी पाए । फेरी नि धन्यबाद । तिम्रो क्याफेको जय होस् । मार्क जुकरबर्गलाई मनेमन धयबाद अर्पन गरे ।
उ क्याफेमा प्राय कमै आउने गर्थ्यी । म भने उसँग कुरा गर्न ब्यग्र प्रतिक्षारत भएर तड्पिदै । प्यासी बन्दै प्राय धाइरहन्थ्ये - जुकरबर्ग क्याफेमा । उ आक्कल झुक्कल आउने गर्थि । उ आएसी एकाएक मन भरी भइदिन्थ्यो । पाउन त केही पाएको हुन्नथे । पाएनी बस केहीबेर कुराकानी गर्ने अबसर - उसँग । तर नि धेरै पाए सरहको अनुभुती हुन्थ्यो । उ आएसी म चङगिदै कुरा गर्न अघी सर्थे । उ निकै छोटो समयका लागि धाउथी । कुराकानी गर्ने क्रममै उ जाने सुर कस्थी । मैले रोक्ने हिम्मत गरिन । मलाई थाहा थियो कि साथी बन्दैमा मैले उसलाई , उसको समयलाई जुकरबर्ग क्याफेमा रोख्न सक्ने अधिकार मैले प्राप्त गरिसक्या थिइन । अधिकार अलिक स्पेसललाई दिइन्छ । म जस्ता साथी मात्रैलाई होइन । म राम्रोसङग बुझ्दथे
अलिक अलिक गर्दै केही दिनसम्म हाम्रा कुराकानी भए - जुकरबर्ग क्याफेमै । । केही कुरा उसका मैले जाने । मेरो केही कुरा उसले जानी । उसका केही कुराहरु उसँगका + अनी केही उसलाई चिन्ने साथीको माध्यमबाट जाँन्दै गर्दा उ मलाई बिशेष लाग्दै जान थाली । बिशेष त पहिले नै लागेकी थिइ । तर यतिखेर भने अलिक बेग्लै खाले बिशेष लाग्दै जादै थिइ । मलाई उ बिशेष लागेको कुरा उसलाई शान सँग भनिदिए । उसले के सोची चाल पाइन । तर पछी बुझे निकै छोटो समयमा मलाई उ बिशेष लाग्ने बिषय उसलाई सन्काउपसन्का बिषय जो बनिदिएछ । तर मेरो कुरा जानेर म चाँही उसलाई कत्तीको बिशेष लाग्यो । त्यो कि उसैले जानोस कि दैब जानुन । सोधिन । हिम्मत नि गरिन । मेरो उसमाथिको बिशेषतममै उसलाई सन्का छ भने म चाँही उसलाई कती बिशेष लाग्यो भनेर सोध्ने मुर्खता म किन गर्थ्ये हुला र ।
उसलाई अझै सन्का लागिरहेकै हुन्छ । मेरो उसमाथिको बिशेषतममै । तर नि मैले हार खाइन । उसका ति मेरा बिशेषतममाथीका सन्काउपसन्का हटाउन नाताभाती कुरा भने , आफ्नो लुकेको सत्यता खोले । तर नि अझै उ ५०/५० कै मानसिकतामा रहिछ । जबकी म १०० % मा पुगिसकेको थिए । अझै हार खाइहाल्ने मनसायमा भने म थिइन । लागिरहे । उसको पछाडि । उसले के सोची था पाइन । या भनौ था पाउने चेस्टा समेत गरिन । गर्ने मनस्थितीमा त झन थिदै थिइन । बस लागिरहे एकहोरो । जुकरबर्ग क्याफेमै उ भेटिदा ।
अनौठो भईदियो एकदिन । अन्यासै मैले जुकरबर्ग क्याफेभन्दा बाहिर उसँग भेट्ने इक्छ्या राखिदिए । मान्दिन जस्तो लग्या थ्यो । धेरै ढिट गर्नुपर्छ होला भन्ने लाईराथ्यो । तर धेरै कस्ट गर्नुपरेन । । सहजै मानिहालि । अहो ! यतिबेला चाँही कम्ता चङगिन । जुकरबर्गलाई फेरी नि धन्यबाद दिए । त्यही क्याफेबाटै म उसँग साथी बने । । र भोली म उसलाई भेट्न जुकरबर्ग क्याफेभन्दा बाहिर जादै थिए । जुकरबर्ग क्याफेको भेट भन्दा क्याफे बाहिरको भेट निकै महत्वपूर्ण मानिन्थ्यो । तर नि त्यो जुकरबर्ग क्याफे र मार्क जुकरबर्क धन्यबादका अश्ली भागेदार बन्न पुगे ।
भोली भयो । हिजो चङगिएको मन । आज अलिक डराएको जस्तो भान भइरहेको थियो । रिजल्ट आउने बेला कस्तो हुन्छ । त्यस्तै । केही डर , केही खुशी , केही उत्सुक । उसलाई के भाथ्यो होला खुबै जान्न मन छ । बेलुका ४ बजे भेट्ने ठगान भो । कृष्णमन्दिर ललितपुरमा । ४ बज्न आट्दै थियो । चिलिच्याट बने । रेडी भए । र लागे कृष्णमन्दिर तिर ।
उ देखे । उसलाई । पिन्क कलरको हुकमा । हातमा मोबाइल खेलाउदै हुन्छे । अहो ! जुकरबर्ग क्याफेमा देखेकी भन्दा राम्री । लमक लमक गर्दै सुस्त चालमा उ भएतिर अघी बढे । फिस्स हासे । उ पनि हासी । सोचे ! उ हाँस्दा उसका उछिट्टिएका दात देखिने छन । अह देखिएनन । जुकरबर्ग क्याफेमा जसै । मिलाउन स्टिले रिङ्ग लगाएकी रहिछ । तर पनि हासो भने निकै प्यारो , आत्मिय अनी मिठो पनि । हाँस्दा राम्री नै देखिइ । तर सोचेअनुरुपको जत्तिको भने नाइ । हाँस्दा दात देखिनु पर्नेमा स्टिले रिङ्ग दातको लेएरमा देखिदा अलिक खल्लो लाग्यो । मनमनै सोचे । किन मिलाउन पर्या होला । कती प्यारा देखिन्थ्ये ति उछिटिएका दातपनी । फेरी सोचे मिलेसी फेरी कती राम्रा देखिने होलान - ति दात । अनी कती मिठो हास्ने होली मोरी । कल्पदै लठ्ठ परे । यस्तै यस्तै सोच्दै मैले उसको पूर्ण फिगर तलदेखी माथिसम्म नियाले । लाग्यो च्याप्प समाइ आफ्नो अङगालोमा बेरु ।
तर लागेर के गर्नु ? लाग्नु मात्रै त हो ।
कृष्ण मन्दिरको सन्ध्याकालिन समयमा जोडीहरु यत्र तत्र झुन्ड झुन्डमा फैलिएर गफिदै हुन्छन । आआफ्नै ध्यानमा हुन्छन । कास म र उ पनि यसरी बस्न पाए । मन्दिरमा पो थियौ त । तुरुन्तै उसको र मेरो नाम जोडेर प्रथाना गरे । ताकी म पनि उसको बिशेष मान्छे हुन पाउ ! भेट्ने बितिकै आफ्नो अन्गालोमा बेर्न पाउ ! जुकरबर्ग क्याफेमा उलाई केही बेर भएपनी रोक्न सक्ने अधिकार पाउ ! यस्तै यस्तै । यत्ती सोचे र उसतिर हेरे । हाउभाउ दिदै मसँग बात मार्दै हुन्छे । मस्तसँग । बडो प्यारो शैलिमा । घरिघरी म तिर फर्किन्थी पनि । आँखा जुद्थे । उसका आँखाले बेग्लै नशा दिन्थ्ये । म माती पनि दिन्थ्ये । मातेर होसमा आउँदा झसँग हुन्थ्ये ।
उ प्राय बोलीरही । मैले सुनिरहे । ह म ह थपे । कतिखेर हजुरै पनि थपिदिए । उसको त्यो मिठो बोलिले पनि मलाई एकखाले नशा दीइरहेको हुन्छ । आँखाको नशा । बोलिको नशा । मधहुस चेहेराको नशा । लाग्दै थियो आज म निकै झ्याप बन्दै छु । दुनियाँका भएभरका ड्रग्स सेबन गर्दै छु । नशा नशामै मैले उसलाई बडो साबधानीपुर्बक नियाली रहे । मैले निलयिरहेको छु भन्ने कुरा उसले पत्तो पाइ या पाइन । मेसो पाइन ।
कृष्ण मन्दीरको परिसर एक चक्कर लगायौ । उस्तै जुकरबर्ग क्याफेमा भेटिदा हुनेजस्तै कुराकानी गर्दै । बोल्ने ममिलामा उ नै बढी हाबी भाई । जुन जुकरबर्ग क्याफेको भन्दा नितान्त उल्टो थियो । मन्दिर चक्कर लगाइसकेसी मैले कफीको अफर गरे । जुन मेरो फर्मालिटीको बिषय पनि थियो । जुकरबर्ग क्याफेमा अफर गर्न नमिल्ने टाइपको कफी । उसलाई घर पुग्न हतार भएको बताइ । त्यसपछी मैले कफिको लागि जिद्दी गर्नु उचित ठानिन । कर गरीन .. कर गर्नै मन लाएन ।
त्यस्पछी उसङगै उसको घर नजिकै सम्मको करीब आधा माइल यात्रा भयो । कुराकानी गर्दै । फेरी नि बोल्ने ममिलामा उ नै हाबी भइ । यात्राभर सँगसँगै हिड्दा कहिले काही मेरो बाँया हात उसको दाहिने हातको स्पर्स गर्न पुग्थ्यो । जुन जानी जानी थिएन । ब्यस्त बाटोमा बेबारिसे चल्ने मोटरसाइकलले गर्दा छल्लिन हच्किदा हुने गर्थ्यो ।उसलाई सायद थाहा थियो होला । तर बाटोको अवस्था त म भन्दा उसलाई नै बेसी थाहा थियो - त्यतैकी बासिन्दाको नाताले । केही भनिन । २१ औ सदीमा केटाकेटी लिभिन्ग टुगेदर गरेर त बस्छन । जाबो त्यो हात / हातको स्पर्स के ठुलो कुरो ? जानीजानी भाको भए नि एउटा कुरा । त्यही नि अलिक अफ्ट्यारो भने लागिहाल्यो । फेरी मन कता लर्बराउथ्यो कुन्नी ? । मोटरसाइकल आइरहे हुन्थ्यो जस्तो नि लाग्यो । कहिले काही भए नि मेरा देब्रे हातले उसको दाहिने हातको अती छोटो तर निकै मिठो स्पर्श भने लियो ।
आधी माइलको यात्रा सकियो । छुटिने समय आयो । यानिकी उसको घरनजिक आइपुगियो । । फिस्स हास्दै बाइ भने । उसले पनि हास्दै बाइ भनी । फेरी जुकरबर्ग क्याफेमा भेट्ने बच्चा गर्दै छुटियौ ।
नसोचेको भेट तर चाहेको भेट पुरा भएको थियो । खुशी थिए। उसँगको भेटमा खासै मैले कुरा गर्न सकिन । मेरा मनका कुरा सेयर गर्न सकिन । उसप्रतिका फिलिङ्स्स सेयर गर्न सकिन । जुन उसलाई जुकरबर्ग क्याफे बाहिर भेटिदा भन्नुपर्ला भन्ने मेन्टालिटी थियो । भन्न नसकेकोमा भने ग्लानी लागेन पनी । जुकरबर्ग क्याफेमै भेट हुँदा भनीहाल्छु नि भन्ने अर्को मेन्टालीटी तु का तु बनाइहाले !
अचेल पनि उ जुकरबर्ग क्याफेमा आउने गर्छे । अलिक बेसी समय नै बस्ने गर्छे । अलिक लामै कुराकानी हुने गर्छेन । अचेल । तर उ भने अझै बिशेष मान्न तयार छैन मलाई । मेरा मनमा दबेकुल्चेका हर कुरा सेयर गरिसकेको छु पनि । भएभरका फिलिङ्स पनि -उसप्रतीका ! तर अझै उ मप्रती लगाब राख्दिन । सबै ओक्लिसके । अब के भनेर मन जित्ने ? के गरेर मन जित्ने ? अब केइ बाँकी छ त मुटु चिरेर देखाउन मात्रै । जुन म गर्न सक्दिन । किनकी मलाई बाच्नु छ । उसँगको मिठो सम्बध साच्नु छ ।
उसले भन्ने गर्छे कि सन्काउपसन्का त अली कमै छन रे मप्रतिका । तर नि छैन बिशेष भकी । कहिले काही त म उसलाई मेरो बिशेष बन बन भनेर खुबै अत्याउने गर्छु । उसलाई आफ्नी बिशेष बनाउन खोज्नेको जमात बेसीनै हुनुपर्छ । आफ्नो ‘आफ्नी बिशेष’ बनाउने होडमा लाग्नेको ताती अलिक बाक्लै हुनु पर्छ । तब त उ कहिले काही बेपरबहा भनिदिन्छे कि तिमी मप्रतीको फिलिङ्स जगाउन बन्द गर । बिचरी उ ! उसले भनेको म के मान्थ्ये हुला र । मानिन् । मान्दिन । र कुनै हालतमा पनि मान्नेवाला नि छैन ।
बिचरी उ अनी कठै बरा म ।

बिदीर्ण मन अनी जिर्ण यो तन । भोगी मन अनी प्यासी यो तन । उसको मायाको पोको नखुलेसम्म , उसको जवानीको रापिलो राप तनतनी नपिएसम्म एकलास रानीबनमा भौतारिरहने छ । एक्लै घेरामा परी भडकीरहने छ । तडपिरहने छ । अनी धेरथोर पडकिरहने पनि छ ।
एउटै कुराको डर लाग्ने गर्छे मलाई । कतै ति जुकरबर्ग क्याफेको भेट खेर जाने त होइन । त्यो आधा माइलको यात्राा बेकार साबित हुने त होइन ।हुन त सोचेको सबै पाइने भए । सबै पुग्ने भए ! दुनियाँ किन यस्तो हुदोहो र । तैपनी सास छन्जेलको आश भनेझै ! मेरो मनले उसको नाम जप्न बन्द नगरुन्जेलसम्म लागिरहने छु । उसकै पछी । पछी । अनी उसकै पछी । कहिले सम्म त? मन जैले उसको नामबाट भाबबिहल हुन बन्द गर्छ । तेहिलसम्म । !

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )