अजब प्रेमको गजब कहानी !

हो ! म उसलाई मन पराउछु । माया गर्छु । उसँग प्रेममा पनि छु - एकतर्फी । आफ्नो बनाउन चाहन्छु उसलाई । आफुभन्दा नि बेसी माया गर्न थालीसकेको छु । किनकी उ बिशेष छे । सर्बगुण सम्पन्न छे - जहाँसम्म बुझेको छु उसलाई । उसलाई देखेको नि धेरै भएको छैन । उसो भए कती भयो त ? कती ?? त्यो महत्व रहेन । कस्तो ! त्यो महत्वपूर्ण रह्यो । उसो भए कस्तो त ? बडा अजिब । बडा नौलो । बडा रोमान्चक अनी उत्तिकै भाबुक पनि ।
अनी जुन दिन उसलाई देखे नि ! त्यो दिन मलाई हजारौं भोल्टको झट्का लाग्यो - बेस्मारी । भारी उत्तेजनाको ! शायद 'एकशन रिप्ले'मा अक्ष्यकुमारलाई लागेको 'जोरका झड्का'भन्दा बेसी ! एकाएक तन काप्यो ! त्यो भन्दा जोड्से मन काप्यो । एकै देखाइमा यसरी छोइदिएकी थिइ कि उसले , लाग्छ अब जिन्दगीभरी कसैले नछोइदेओस् ! पुगिसक्यो ! अघाइसके ।
जुनदिन उसलाई पहिलोपल्ट देखे । नजिक पर्न डराए , कुरै गर्न डराए । जब उसँग बोलचाल गर्दै गए । बातचित मार्दै गए । उसलाई मन पराउन डराए । जब मन पराए , तब माया गर्न डराए । अचेल म उसलाई एकतर्फी माया गरिरहेछु , प्रेम गरिरहेछु । फेरी पनि म डराइरहेको छु । किन ?? किनकी म डराउछु कतै पाउदिन कि भनेर । यदी केही गरी पाइहाले भने नि अबस्य म डराउने छु । कतै गुमाउछु कि भनेर !
अनी उसलाई देखेको दिन देखी त उ जताकतै देखापर्न थालेकी छे । कहिले मेरो सपनामा त कहिले कल्पनामा ! कहिले मेरोसोचमा त कहिले खोजमा ! अनी कहिले काही फेसबुके अनलाइनमा पनि ।
आँखाले देखेर राम्रा लागेका चीजहरू प्राप्त गर्न खोज्नु भनेको स्वार्थ हुछ । तर मनबाटै कुनै कुराप्रति लगाव हुनु भनेको प्रेम हुन्छ । प्रेम आत्माले गरिन्छ। आँखाले गरिएको प्रेममा त केवल वासना हुन्छ। एट्याक्सन मात्र हुन्छ । तर उसँगको प्रेम आँखाले मात्रै थिएन । बासना मात्रको थिएन । तनले थियो । मनले थियो । अनी भारी मात्राको विश्वासले थियो ।
माया गर्छु भन्नेहरूले माया गर्दैनन् अनि साथ दिन्छु भन्नेहरूले साथ दिँदैनन् अरे ! किनकि माया 'भन्ने हैन' 'गर्ने;' कुरा हो । व्यवहारमा देखाउने जो कुरा हो । म पनि उसँगको मेरो मायाको पोको बोलेर होइन खोलेर देखाइदिन चाहन्थ्ये । व्यबहारमा साबित गरीदिन चाहन्थ्ये । मैले आजसम्म उसलाई मेरो मायाको पोको नखोलेको पनि त होइन । हो ! तर इन्सटलमेन्टमा । बिस्तारै बिस्तारै ! एक्मुस्ट पोको खोल्न त उपर्युक्त दिन कुरेर बसेको पो थिए त । एकाएक हौसिएँ तर जती नै हौसिएँ उती नै खिस्रिक्क भएँ पनि । इन्स्टलमेन्टमै मेरा मनका पोकोहरु बिस्तारै खुल्ने क्रममा उसले बेपर्बाह भन्ने गरेको बोली पो सम्झनपुगे
' प्लिज स्टप फिलिङ्स रिगार्डस मी ' !
एक अपरिचित हैसियतको हाम्रो नाता बिस्तारै परीचित हुँदै चिरपरिचित सम्म पुग्दै थियो । तर मेरो मनकी भने उ मनमित भइसकेकी थिइ । अपरिचित, परिचित, चिरपरिचित हुँदै मनमीत !! उसको मनको लागि भने म चिरपरिचित सम्म मात्र । त्यो भन्दा बेसी केइ नाइ ।
०००००
अब खोल्छु यार । हैन ! कहिले सम्म गुम्साउनु - यो मायाको पोको । खोल्नै पर्छ । आखिर एकदिन खोल्नु पर्नेछ पनि त छ ।
कहीले त ? भ्यालेन्टाइन डे - फेर्ब्रुअरी १४ मा।
कती दिन छन अझै ?
१, २ ..............२३ दिन ! त्यत्रो ! औंला भाच्दै !
अझै कती तडपिनु । आजै भन्छु । जे होला होला । अह ! आजै कुरा फाइनल गर्छु । कि वार कि पार । कती कुर्नु । आजै खोल्छु मनको पोको - एकमुस्टै । कती उसलाई इन्स्टलमेन्टमा पोको खोली ल्याङग गरिरहनु ! आजै फाइनल । आजै । आजैभन्दा नि अहीलेइ । एउटा बेग्लै झड्काको महसुस हुन्छ -भित्रै देखी !!
ठ्याक्कै एक खिल्ली क्लासिक माइल्ड्स भ्याइसकिएको हुन्छ । फुवाट्ट चुरोटको ठुटो हुत्याउछु । कता उछीट्ट्याए ! मेसो पाइन ! कता गयो वास्ता गरिन पनि । कतै बज्जारिदै पुत्ताउदै छ होला ।
सरासर रुममा लम्के । आफ्नै धुनमा अनी आफ्नै सुरमा ।
०००००
ल्याप्टप आफुतिर घिसारे । फेसबुक खोले । अनलाइनमै रहिछ । अघी सम्म सोचमा र कल्पनामा थिइ । अहिले त अनलाइनमा पनि ! यसै भन्या हो त उ जहिकही भेटिने गर्छे भनेर !! । प्राय अनलाईन आउने चलन थिएन उसको । अनलाईनमा भेट्दा निकै खुशी भए । केही डर , केही खुशी , केही उत्सुक मिस्रित भाब सहित उसँग बोल्ने तम्से ।
' हेलो '?
'हाइ '
'के छ '?
'ठिकै अनी तिम्रो '?
'सेम हेयर अनी खाना भयो '?
'युप । यान योर्स '?
'अघीनै भयो ' (खाको थिइन । झुट बोले । उसँगको गफ गर्ने मौका नगुमाउन 'अघिनै खा'को' भनेर झुट बोल्दिए )।
' ए '!
‘अनी के गरिरा ?’
‘अमम अहिले चाँही च्याट ! तिमी ?’
‘उही फेसबुक’
‘ओ ! कती चलाको फेसबुक ? वाक्क लाग्दै । जतिखेर नि अनलाईन नै । ‘ (केही चिन्तीत अनी गिज्ज्याएको भाबमा )
‘ हिही ! के गर्नु त ? काम छैन फेसबुक चलायो । बस्यो ।’ ( लाचार मुद्रामा !)
( बिचरीलाई के थाहा कि उसैका सुन्दर सुन्दर तस्वीरहरु फेसबुकमा हेरिरहँदा न त आँखा अघाउँछन् न त च्याट गरिरहँदा औँलाहरू नै थाक्छन्। केको वाक्क लाग्थ्यो र फेसबुक । झनै प्यारो लाग्न थालेको पो थियो त । उसैको कारणले !)
०००००
कुराको टपिक मोड्दै, म्यासेज लेखे
‘एउटा कुरा भनु । ‘?
‘lests start ‘!!
‘म तिमीलाई मन पराउछु ।’
‘ufff ‘ ! so what?
‘सायद माया नि गर्न थाल्दै छु कि ?’
‘प्लिज प्लिज प्लिज ! त्यासम्म त नपुग । धेरै नडुब न ‘
‘म डुबिसके । डुब्नुपर्ने सम्म त ,,कती डुब्नु !अब मलाई उतार्न सक्ने तिमी मात्रै हौ । आज म मेरो मायाको पोको खोल्दै छु । तिम्रो सामु । एइ फेसबुकलाई साक्षी राखेर । म तिमीलाई धेरै माया गर्छु । के तिमी मेरी बन्न सक्छ्यौ ????
‘ I LOVE U ‘!!
‘LOVE U TOO MUCH ‘
रिप्लाई आएन ......यसै बेचैन रही रहें । अचानक ध्यान चुरुटमा पुग्यो ! सल्काउन खोज्दै थिए । म्यासेज बक्समा रातो निसानी देखायो । झटपट म्यासेज बक्स खोले । चुरुट अलिक पर मिल्काइवरी म्यासेज हेरे ।
‘plz dont go deep ! यहाँ हुनेवाला केही होइन । मैले पहिले देखी नै भनीराको छु ।’ प्लिज मेरो बारेमा सोच्न बन्द गर । n i m extremely so sry ‘ !!
फेरी अर्को झड्काको महसुस भयो । सायद निकै ठुलो रेक्टरको हुदोहो । भित्रै देखी बेसकन हल्लायो । झसँग भए । कस्तो बिरानो लागिदियो संसार । आँफै माथि दया लागेर आयो । कठै म !
झ्याप्प चुरुटको याद आयो । चुरुट सल्काए । चुरुटलाई एकताल स्लो मोसनमा नियाले - अरुले छोडेपनी तैले चाँही नछोड है भन्ने भावनाका साथ। यही त रहेछ दु:ख सुखको साथी । एक पप ताने । धुवा फ्याले ! जब चुरोटको धुवाँ उँड्न थाल्यो तब फेरि यादमा अाइ उ !। आखिर उ पनि त धुवाँ बनेरै बिलिन भइदिइ । निमिसभरमै । एउटा म्यासेजमै ।
तेतिन्जेलसम्म अर्को म्यासेज आइसकेको हुन्छ ।
‘ मेरो एउटा स्टोरी छ । त्यसैले सजिलै म कोसैसँग फल हुन्न । SO sry ! तिमी नराम्रो भएर म फल नभएको होइन । साँच्चि तिमी धेरै महान छौ । धेरै राम्रो छौ । धेरै कुरा बुझेको छौ । राम्रो लेखन कला छ । दुनियाँ बुझेको छौ’ .......................................................////////यस्तै यस्तै
भारी प्रशंसाको । भारी उत्तेजनाको - त्यो म्यासेज । तर अर्थहिन । स्वादहिन ।
‘स्टोरी !!! यानीकी उसको अतित । मेरो नि त आफ्नै अतित छ । सबैको आफ्नै खाले अतित त हुन्छन नै । ‘--- सोचे
रिप्लाई दिने कुनै तुक देखिन । दिइन । पनि
कहीँ न कही त रोकिनू थियो । यहीँ रोकिएँ ।
अन्तिम म्यासेज लेखे ।
'आफ्नो ख्याल गर्नू । अलबिदा यो सम्भबत हाम्रो अन्तिम च्याट हुने छ । ‘
'प्लिज यस्तो नभन । हामी सधैंभरी साथी रहीरहने छौ नि है । '
रिप्लाई दिने मन हुँदा हुँदै नि हातले मानिदिएनन । कापिदिए । लथ्रक्क परीदिए औंलाहरु ।
अब त्यहा धेरै ल्याङ ल्याङ गर्नुको कुन औचित्य रहदैनथ्यो । जुन साथी बनिरहने छौ भन्ने उसको म्यासेज थियो । तेसमै मेरो नियमापती थियो । नोट अफ डिसेन्ट लेख्न मन लागिरहेको थ्यो कि - मैले सोचेअनुरुपको हामी के बन्न पर्थ्यो त्यो बन्न सकेनौ भने त्यो उसले भने अनुसारको ‘सधैभरको साथी’ को के अर्थ। साथीको नातामा कुनै स्वार्थ हुँदैन । तर मायामा स्वार्थ हुन्छ । माया गरेसी माया पाउने स्वार्थ ! म त स्वार्थी भइसको छु । निस्वार्थ भाब रहने सधैभरको साथी न म बन्न सक्थ्ये । न कि बन्नेवला नै !!
निकै बेर पछी एउटा म्यासेज आयो ।
'तिमीले मेरो दिल दुखायौ --अलिबिदा शब्द प्रयोग गरेर ।’ ‘
म अचम्ममा परेँ ! उसको रिजेक्सन भन्दा के अल्बिदा शब्द त्यती सारो कठोर हुदो हो र ? अलबिदा शब्द प्रयोगले उसको चित्त दुखेको भए उसको रिजेक्सनले मेरो के हाल भएको होला ? उसले सोच्नु पर्ने चाँही यहाँनेर ।
त्यो म्यासेज सिन मात्रै गरे । रिप्लाई दिइन । र त्यो नै उसको अन्तिम म्यासेज बन्न पुग्यो । तनावै तनाव लिएर जबरजस्ती जित्नुभन्दा आनन्द मानीमानी हार्नु ठीक हो जस्तो लाग्यो । आफ्नै आत्मासँग हारेर बाहिर देखिने जितको के अर्थ ? शानदार जबर्जस्त जिन्दाबादको नारा घन्काउदै आफुले वीरगती प्राप्त गरिदिए । हारिदिए । यो खेलमा -उसँग । जबस्जती र ल्याङग ल्याङगले नचल्दो रहेछ यो माया !
दवाबले प्रेम हुन्न रहेछ । यो त प्रभावले हुने चिज रहेछ र कसैमा प्रभाव जमाउनका लागि स्वभाव चाहिन्छ- असल स्वभाव !न कि मेरो जस्तो छिल्लेको स्वभाब । एउटा गतिलो पाठ भने सिकायो - यो ग्यामले । आफुले पहिले पहिले अली अली मायाको पोको खोल्दै उसँग छिल्लेकोमा ग्लानी भयो । सायद पहिले त्यसो नगरेको भा ! अहिले यस्तो हुन्न थ्यो कि त ? बित्थाको एउटा अनुत्तरित प्रश्न मडारीरहेछ मनमा !!
अब उप्रान्त उसलाई टाइप गरेर पठाउन नसकेका अनगिन्ती मेसेजहरु / उसप्रतीका भावनाहरु अधिकांश मेरै आफ्नै फेसबुके वालमा झुण्डिने गर्छन्,! स्टाटस बनेर ।
अपरिचित, परिचित, चिरपरिचित, हुँदै फेरि अपरिचित नै बन्यौँ हामी। कस्तो बिडम्बना! मनमित बनाउने मेरो सपना भत्कीसकेको जो थियो । टुइन टावर ध्वस्त भए सरह । छिनभरमै । गर्ल्यामगुर्लुम्म !!!
प्रणय दिबस कुर्न कस्ट गर्नु परेन - अब , आफ्नो मायाको पोको खोल्न । वार कि पारको सवाल नि रहेन अब । पार लागिहालियो । या भनौ लगाइहालियो । जिन्दगीमा एउटा अर्को अतित थपियो । अब हेर्न बाँकी छ कि यो अतितले कत्तिको पिरोल्छ । कत्तिको तगारो बनी सताउने छ । उसको जस्तै !! या अली बेग्लै ।
'
०००००
भोलिपल्ट बिहानै
...........................
फेसबुक'मा , अनुहार नै हेर्दिन भनेपनि बोल्दै बोल्दिन भन्दै घुर्कि देखाएपनि उसको 'प्रोफाइल' खोलेर तस्वीर नहेरि मान्दै मानेन यो मन ! म्यासेन्जर खोलेर हेरे । अनलाइनमै थिइ ।
तर अह !बोलिन ।
.......................THE END ......................

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !