नयाँ बर्ष २०७४ सालको हार्दिक मंगलमय शुभकामना !

समस्त सल्यानी महानुभावहरुमा न्यानो सल्यानी नमस्कार ,

सर्बप्रथम त नयाँ बर्ष २०७४ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यो नयाँ सालले समस्त सल्यानीहरु बिचको आपसी एकता जगाइ सबै सल्यानीहरु मिलेर समृद्ध सल्यान बनाउने यात्रातर्फ लम्किन प्रेरणा दिन सक्ने सम्मको बर्ष बनोस  । 
हार्दिक कामना !

आज हजुरहरुको माझ बिश्वहिन्दु महासंघ नेपाल , राष्ट्रिय समिती , सामुदायिक बन उपभोक्ता महासंघ  , सल्यान र सल्यानी युवाहरुको आपसी सहकार्यको नतिजा स्वरुप नयाँ सालको बार्सिकी क्यालेन्डर तपाइँको हातमा थमाउन पाएका छौ । हामीले यस क्यालेन्डरलाई हदैसम्म सल्यान विशेष बनाउन खोजेका छौ - अझ भन्न पर्दा सल्यानको पर्यटन र पहिचान विशेष । क्यालेन्डरसंगै तिथिमितिको जानकारी त छदै छ हामीले यस क्यालेन्डरबाट सल्यान पर्यटकिय सम्पदाका तस्बिरहरु र तिनको केही भए पनि जानकारी प्रवाह गराउन सक्दो प्रयत्न गरेका छौ ।

फरक फरक पृष्ठभुमीका तीन संस्थाहरु जो कुनै धर्मसंग सम्बन्धित छ , कुनै सामुदायिक बन संग सम्बन्धित त कुनै स्वतन्त्र युवाहरुको समुह छ । फरक फरक पृष्ठभुमिका संस्थाहरु एक भएर पनि यस्तो श्रीजनात्मक परीणाम निक्लिन सक्दो रहेछ है भन्ने कुराको प्रमाण पनि हामिले यस क्यालेन्डरमार्फत दिन समर्थ भएका छौ ।
हामी युवाहरुलाई यस्तो श्रीजनात्मक कार्यमा जोड्नुहुने आदरणीय दाजु गोबिन्द शर्माप्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु । हामीहरुले आपसमा मिलेर क्यालेन्डर निकालेर ठुलै काम गर्यौ त भन्न खोज्या पनि होइन तर जे जस्तो गर्यौ सन्देशमुलक नै कार्य गर्यौ कि भन्ने हामीलाई अनुभुति भएको छ ।


सल्यान आफैंमा एउटा अनेक बिबिधता बोकेको जिल्ला हो । २८२७ मि. उचाइमा रहेको खर्सुबाँस लेक देखि ३३६ मि. उचाइमा रहेको काप्रेचौरसम्म लमतन्न सुतेको हाम्रो सल्यान तालतलैया , मनोरम पहाडहरु , धार्मिक किम्बदन्ती बोकेका एतिहासिक मठमन्दिरहरु , मनोरम सल्लेरी पाखाहरु , एतिहासिक गुफाहरु , र शारदा नदीको सुन्दर पहीरनले सजिएको छ । यहाँको सास्कृतिक , एतिहासिक , प्राकृतिक , र सामजिक पक्षहरु साच्चिकै हेर्न लायकका छन । बुझ्न लायकका छन ।

हामी बिकासको हिसाबले अरु जिल्ला भन्दा कमजोर भए पनि यी र यस्तै बिबिध पक्षमा हामी अरु जिल्ला भन्दा कम छदै छैनौ । यसर्थमा हामी बिबिधता धनी छौ । एउटा मान्छेसंग लुकेको प्रतिभा तब मात्र बाहिर आउँछ जब उसले त्यो लुकेको प्रतिभा कही कतै प्रस्तुत गर्छ  । हो हाम्रो सल्यानसंग पनि अथाह प्रतिभा लुकेको छ - अथाह !! सल्यान त एउटा नाम न हो , एउटा भुमी न हो एउटा परीधीभित्रको -  यो त चल्न सक्दैन भने सल्यानले कसरी आफ्नो प्रतिभा देखाउन सक्ला त ?? अह!  सल्यानले आफ्नो प्रतिभा आफै देखाउन सक्दैन । तर सल्यान बासिले त पक्कै पनि सक्छन नि - आफ्नो जन्मथलोको निम्ति !! हो अब २/४ बर्ष सल्यानको प्रतिभालाई बाहिर ल्याउन सबै सल्यानीहरु निस्वार्थ भावका साथ एक भएर जुट्नु पर्छ । मलाई यति बिश्वास छ कि हामीले साच्चिकै एक भएर जिल्लाको लागी केही न केही गर्ने हो भने घलेगाउमा जस्तै होम्स्टेको संभावना सल्यानमै छ । मनाङ -मुस्ताङमा जस्तै ट्रेकिङ्ग जंक्सनको संभावना सल्यानमै छ ।  लेक साइडको रुपमा कुपिण्डेको अथाह भविस्य छ । छत्रेस्वरी , खैराबाङ , लक्ष्मिपुर जस्ता पबित्र धामका एतिहासिक पाटो सबै माझ बाहिर आउदा यी पबित्र धामको गरिमा झन बढ्ने छ । हर नेपालीले मुखमा "सल्यान राम्रो सल्लेरी पाखैले" स्लोगन "मुनाङ र मुस्ताङ जाऔ मार्फाली स्याउ खाउ" जस्तै गरी सजिलै सबैको मनमा बस्न सक्ने छ । सल्यानी अदुवा , सुन्तला , यहाँ पाइने बहुमुल्य जडीबुटीहरुको महत्व सिंगो देशभर प्रष्ट हुनेछ । सल्यानी खुकुरीको सान एकाएक चुलिने छ । बस सब सल्यानी एक हुनु पर्यो ! राजनितिक स्वार्थ भन्दा माथी उठेर जिल्ला प्रतीको केही गर्ने भावनाको बिकास गर्नु पर्यो भावना जगाउनु पर्यो ।

 "Together We Stand , Divided We Fall" - जुटे हामी उठ्छौ, फुटे हामी खस्छौ । हामीलाई खस्नु छैन । हामीलाई अझ धेरै माथी उठ्नु छ । हामीलाई समृद्द सल्यान चाहिएको छ , नकी गुमनाम `सल्यान´ !! यदी हामी अहिले पनि जागेनौ भने हाम्रा सन्ततीहरुले पनि सानसंग म सल्यानी हु भनेर भन्न सक्ने छैनन हामीले जस्तै गरि !!
आउनुहोस समस्त महानुभावहरु , हामिले सल्यानलाई बनाएर देखाइदिम !! सबै मिलि जिल्ला बिकास गर्दै छन रे है भनेर देशै भरी सन्देश दिदिऔ ।
जय सल्यान !
धुर्वराज वली
संयोजक - सल्यान दृस्टीकोण टीम 

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )