राम्रो भन्नु भगवान हो । खोजे आँफैमा भगवान पाइन्छ ।

राम्रो - नराम्रो
सत्य - असत्य
असल - खराब
धर्म - पाप
जीवन - मृत्यु
प्रेम - धोका
बिश्वास - घात
जित - हार
खुसी - दु:ख
हासो - रोदन

भगवान - राक्षस ! 

...................
राम्रो = सुख 
नराम्रो = दु:ख
.....................
भन्नुको आश्य जहाँ राम्रो हुन्छ त्यहाँ नराम्रोको पनि जन्म अटोमेटिक हुदो रहेछ । मान्छेका जीवनका हरेक सुखद पलहरु राम्रोको प्रतिक हो । त्यस्तै हरेक दु:खका पलहरु नराम्रोको प्रतिक हो । राम्रो पछी नराम्रो - यो एउटा प्राकृतिक प्रकृया नै हो - राम्रो जाग्ने बित्तिकै नराम्रो जागीहाल्ने ।
भगवान जागे अनी यो सृष्टि सम्भव भयो । त्यसपछी राक्षस जागे उनिहरुले भगवानको यो सारा सृष्टिलाई भत्काउन लागे । अनी यो भगवानलाई असह्य भएसी भगवान र राक्षस बिच लडाईं चल्यो । राक्षसले हारे । भगवानले जिते । र यो सृष्टिको अस्तित्व जोगियो । राम्रोको अस्तित्वको निम्ति पनि नराम्रोको उदय हुन जरुरी पनी त छ । नत्र भगवानको अस्तीत्व कसरी प्रष्टिन्थ्यो र ?? भगवानले नै राक्षससँग लडेर आफ्नो र आफुले गरेको सृष्टिलाई जोगाएका हुन । यदी राक्षसनै नभएको भए भगवानले कसैसँग लड्नु पर्ने थिएन नि ?? हो भगवानले हाम्रो सृष्टि बनाए । उनी हाम्रा आमा बुवा कहलिए । तर जब उनले राक्षससँग लडेर यो संसारमा हाम्रो सृष्टि जोगाए । तब मात्र भगवान सर्बशक्तीमान,सबैका मनमा बस्न सक्ने देउता बने । र त हामी पुज्छौ भगवानलाई । हामी मान्छौ भगवानलाई ।
हो राम्रो पछी नराम्रो जहाँ पनि हुने रहेछ । भगवानको जुगमा यो कुरा लागु थियो भने अहिलेको कली जुगमा नराम्रोको उदय नहुने कुरै भएन । हो यहाँ राम्रो पनि छ । नराम्रो पनि छ । दुबै अस्तिवमा छन ।
संसारको यो एउटा नियम हो कि " सत्यको अबश्य एक दिन जित हुन्छ "।
हो सत्यको जित भयो । र त भगवानले जिते । राक्षसले हारे । र हाम्रो सृष्टि रह्यो ।


अब यसरी बुझुम न सत्य भन्नु नै त हाम्रो सृष्टि रहेछ नि । यदी असत्यको जित हुनु थियो भने राक्षसको राज हुने थियो यतीबेला । तर राज त भगवानकै भएको छ । सबैको मनमा भगवानकै बास रहेको छ ।
हो राम्रो,नराम्रो हामीहरुकै सराउडिङ्गका घुमिरहेको हुन्छन । अपनाउने के ?? हरेकमा अप्सन हुन्छ । राम्रो रोज्ने सत्यको मार्गमा । नराम्रो रोज्ने असत्यको मार्गमा । आ-आफ्नो कुरा ।

तर यो कुरा मनन गर्न जरुरी छ कि राम्रो रोजे सत्य, सत्य भन्नुनै भगवानको मार्ग । त्यस्तै नराम्रो रोजे असत्य , असत्य भन्नुनै राक्षसको मार्ग । राक्षसको मार्गमा त कोही नि हिंड्न चाहदैन नि हैन र ? उसो भा अब कुन मार्गमा हिडने त ? - भगवानको मार्गमा । कसरी हिंड्ने त ?? राम्रो अपनाएर ,सत्यको बाटो हिंडेर ,धर्म गरेर , असल बनेर,प्यार बाढेर,हासो सजाएर अनी नराम्रोलाई परास्त गरेर अघी बढने । त्यसपछी भगवानलाई भेट्न् कही कतै जानु पर्दैन । किनकी भगवान एउटा अघाध आस्था हो , भगवान विश्वाश हो , भगवान एउटा पबित्र सोच हो र भगवान हरेकको अन्तरमनको सकरात्मक सोचको प्रतिनिधि हो ,प्रतिक हो , हरेक मानबको सारथी हो - जुन हरपल हमेसा हरेक मान्छेको साथमा सँगसँगै हुन्छ । राम्रो भन्नु भगवान हो । खोजे आँफैमा भगवान पाइन्छ । बस आफुमा राम्रो हुन सक्नु पर्‍यो !!
सत्यको खोजीमा - भाग १
- धुर्बराज वली

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )