लालीगुराँसको फूलबाट उत्पादित जुस खान आइजानु है हाम्रो कपुरकोट तिर ।
तस्बिर : कुलदिप न्यौपाने , धुर्वराज वली
...................................................................................................................................................................
सल्यानको कपुरकोटमा लालीगुराँसको फूलबाट जुस उत्पादन गर्ने गरिन्छ । धनवाङ ७ कपुरकोटमा तेजबहादुर थापाले लालीगुराँसको फूलवाट जुस उत्पादन थाल्नुभएको हो । गर्मी मौसममा जुस पिएपछि स्वास्थ्यका लागि फाईदा हुने भएकाले लालीगुराँसको सर्वत अर्थात जुस उत्पादन थालेको थापाले जानकारी दिनुभयो ।
|
पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योग स्थापना गरी फुललाई प्रशोधन गरी जुस उत्पादन गरिरहेको उहाँले बताउनुभयो । २ सय ५० मिलि लिटर जुसलाई एक ३० रुपैयाँमा विक्रि गर्दै आएको उहाँको भनाई छ ।
|
स्थानियहरुले गुराँसका फूलहरु संकलन गरेर ल्याउने र थापाले खरिद गरी जुस उत्पादन गर्दै आउनुभएको हो ।
जसका कारण स्थानियहरुले रोजगारी समेत पाएका छन् । जुसको प्रयोगले स्वास्थ्यलाई फाईदा गर्ने भएकाले जिल्ला बाहिर समेत विक्रि हुने गरेको उहाँले जानकारी दिनुभयो ।
तयारी अबस्थामा सल्यानमा उत्पादित लालीगुरासको जुस । |
यसैविच थापाले सञ्चालन गरेको उद्योगमा गाउँमा पाईने अन्य अमला, पुदिना लगाएत बिभिन्न फलफूलबाट जूस, सर्वत, जाम, अचार लगाएतका परिकार उत्पादन गरेर विक्री गरिरहेको बताउनुभयो ।
.........................................................................................................................................
स्थानिय स्तरका उत्पादनलाई पहीचान गरी रास्ट्रीय रुपमा प्रचारप्रसार र प्रबर्द्धनमा सबै लागेर आर्थिक रुपमा समृद्ध बन्न सक्नु अबको आबश्यकता हो । सल्यानको पहिचान यस प्रकारका प्रेरणामुलक उत्पादनले पनि बढाउदै जाउन ।
...................................................................................................................................................................
शिशिर ऋतुको आगमन सँगै पहाडी जिल्लाका जङ्गलहरु रातै देखिन्छन । हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फुल्ने लालीगुराँस नेपालको राष्ट्रिय फुल भयकाले नेपालीको पहिचानसँग जोडिएको छ । लालीगुराँसको फुललाई प्राकृतिक सुन्दरता मात्र नभएर विभिन्न घरायसी उपचार प्रयोजनका लागि समेत प्रयोग गरिन्छ। सल्यान लगाएतका अन्य पहाडी जिल्लाहरुमा यसरी लालीगुरास फुल फुलेको देख्न सकिन्छ । जङ्गलतिर ।
...................................................................................................................................................................
Comments
Post a Comment