' शान्तीनगर ' को नाम ' शान्तीनगर ' राखौ न है भन्ने प्रस्ताव मेरै हो ।
एउटा यादगार , जवर्जस्त बाल्यकालीन सम्झना !
अहो ! एउटा बस्ती जो नामको कारण बदनाम थियो । जहाँका मानीसहरुले आफु बस्ने बस्तिको नाम समेत उच्चारण गर्न हिचकिचाउने गर्थे । अनी त्यही बस्तीको नाम परीबर्तन गर्ने अभियानमा अभियन्ता बनेको थिए । प्रत्यक्ष बस्तीमा गएर नाम परीबर्तन समारोहमा सरीक भएको सँगै बस्तीको नाम अबोध दिमागले सोचर''शान्तीनगर' राख्न प्रस्ताब गरेको अनी अन्तत: सबैलाई नाम मनपरेसी त्यही नाम रहन गएको त्यो शानदार, जबरजस्त, जिन्दाबार पल ।
शान्तीनगरमा हामीले राखेको एउटा बोर्ड जो अझै पनि देख्न सकिन्छ । जसमा लेखिएको छ -
बालबालिका शान्तीका क्षेत्र हुन ।
शान्तीनगर
(SHANTINAGAR) ( श्रीजनशिल संस्था / शान्ती बालक्लब / सिविन नेपाल ) |
.......................................................................................................................................................................
कक्षा ४ मा पढ्थे तेतीखेर । श्रीजनशिल शान्ति बाल क्लवमा अध्यक्षको हैसियतमा थिए । त्यही हैसियतबाट म सामाजिक कार्यहरुमा समेत आवद्ध हुँदै मेरा तिबेलाका दिनहरु व्यतित हुने गर्दथे ।
एक दिनको कुरा हो ।
एकाबिहानै श्रीजनशिल समाज सुधार संस्थाका अध्यक्ष बलबहादुर गिरी मेरो घर आउनुभयो । श्रीजनशिल समाज सुधार संस्थाको एउटा सिस्टर वीङ्स थियो हाम्रो श्रीजनशिल शान्ती बाल क्लब । त्यही भएर श्रीनजशिल समाज सुधार संस्थाले गर्ने म्याक्सिमम जसो सामाजिक कामहरुमा म शान्ति बाल क्लबको अध्यक्षको हैसियतले प्रत्यक्ष रुपमा सहभागी हुने अबसर प्राप्त गर्दथे । यसकारण त्यो दिन पनि उहासँग म कुनै एउटा बस्तीको नाम परीबर्तन गर्ने अभियानमा सरीक हुन जादै थिए ।
बिहान साँढे सात बजेतिर श्रीनगर बजार छिचोल्दै उक्त बस्तीतिर लाग्यौ बलबहादुर अंकल र म । बिहान सुर्य उदाउँदो क्रममै थियो । बस्तीनजिकमा पुग्यौ । बस्तीनजिकको पिपल चौतारीमा पुगेसी उभियौ । बलबहादुर अंकलले वरपरमा त्यो बस्तीका मानिसहरुमा बोलाउदै जानुभयो । केही केही गर्दै त्यो बस्तीका मानिसहरु भेलाहुँदै जान थाले पिपलचौतारीतिर ।
केही समयपछी करीब ३०/३५ जना जती मानिसहरु भेला भए । उनिहरु सबैको मुहार हेर्न लायकको थियो । उनीहरुको मुहारमा को हुन यिनीहरु ? के हुन लागेछ ?? भन्ने जस्ता प्रश्नचिन्हरु झल्किएको प्रस्ट सँग अनुमान लगाउन सकिन्थियो ।
बलबहादुर अंकलले सबैलाई शान्त भइ बसिदिन आग्रह गर्नुभयो । र त्यो बस्तीका ३ जना टाठाबाठा व्यक्तीहरुलाई अगाडी बोलाउनु भयो । चौतारालाई घेरेर बनाइएको सिमेण्टी डिलमा बलबहादुर अंकल , म र उक्त बस्तीका ति टाठाबाठाहरु लस्करै बस्यौ । तल लस्करै त्यो बस्तीका मानिसहरु बडो आस्चर्यपुर्वक उस्तै ढंगबाट हामीहरुलाई नियालीरहेका थिए ।
बलबहादुर अंकलले बोल्न थाल्नुभयो ।
" अव तपाईंहरुको बस्तिको नाम परीबर्तन गर्नु पर्यो । यसमा तपाईंहरुको साथ चाहियो । ......... ( पहिलेको बस्तिको नाम ) धेरै बदनाम भइसक्यो । अब नयाँ सोचका साथ सबै परीबर्तित बनेर यो बस्तीको नाम परीबर्तन गर्नु पर्यो । "
त्यसपछी सबैले बल्ल बुझे । हामीहरुको त्यहाको उपस्थितीको जवाफ बल्ल पाए त्यहाका मानिसहरुले । उत्सुक हुँदै एक जना
व्यक्तीले सोध्नुभयो : " कस्तो राख्ने होला त सरहरु " ?
बलबहादुर गिरी : " तपाईंहरु नै सोच्नुस त एक पटक "
एकछिन पछी,
त्यहाका अर्का व्यक्ती : " कस्तो नाम राख्ने त सर । केइ मेसो पाइनौ " ?
बलबहादुर अंकल : " जस्तो श्रीनगर बजारको नाम छ नि । ट्याक्क परेको । हो यस्तै खाले सुहाउदो नाम राखौ । बरु सल्लाह गरौ । छलफल चलाऔ है ! "
तल बसेकाहरुमा गाईगाइ गुइगुइ चल्यो । छलफल चल्यो । र एकजना अघी सुरुमै बोल्ने व्यक्तीले प्रस्ताव गरे ।
हामीहरुलाई चित्त बुझेन । बस त्यही बस्तिको नामको पछाडीको खोला हटाएर नगर मात्रै जोडीएको जो थियो । खल्लो नाम बनीदियो । नाम परीबर्तनको खासै सार्थकता देखिएन त्यो नाममा ।
त्यस्तैमा लामै छलफल चल्यो । उमेरले सानै भएपनी अंकलले मलाई नाम सोच्न जिम्मा दिनु भयो । धेरै दिमाग खियाउने प्रयास गरे । सक्दैसकिन । सबैले अनेक अनेक, सुन्दै बिरक्त लाग्नेजस्ता नामहरु प्रस्तावमा आइरहेका थिए । अंकललाई र त्यही बस्तीका मानिसहरुलाई खासै चित्त बुझ्दो खाले लागेको थिएन । मेरो ध्यान ति नामहरु भन्दा नयाँ नाम सोच्नमै केन्द्रित गरे । झ्व्वाट्ट 'श्रीनगर' बजारको नाम सम्झे । श्रीनगरको पछाडीको 'नगर' सापटी लिए । अगाडी के झुण्ड्याउने भन्नेमै दिमाग केन्द्रित भयो । धेरै नामहरु नगरको अगाडी जोडे । नमिलेको जस्तो लाग्यो । अचानक क्लवको नाम सम्झे । 'श्रीजनशिल' शब्दलाई चलाऊन मन लाएन । 'शान्ती' शब्दलाई चलाऊन मन लाग्यो । चलाए । 'नगर'को अगाडी 'शान्ती' जोडे ।
एक छिन शान्त बसौ त : '' एउटा नाम प्रस्ताब गर्छौ अब हामी । धुर्व बावुले एउटा नाम सोचेका छन । शान्तीनगर भन्ने । कस्तो होला । मलाई त राम्रो लाग्यो । शान्ती नगर अर्थात शान्तीको नगर । ? ''नाम बन्यो 'शान्तीनगर' । नाम सोचे ठिकै होला भन्ने लाग्यो । झ्याट्टै अंकललाई भनीहाल्ने हिम्मत गरीन । त्यो समारोहमा पनि ठुलै आवाजले भन्ने साहस जुटाउन सकिन । उता धेरै नामहरु प्रस्ताव हुने । रिजेक्ट हुने क्रम चलीरहेकै थियो । यहीबिचमा अंकललाई सानो स्वरमा कानेखुसी गर्दै भने अंकल नाम सोचे - 'शान्तीनगर' । अंकल एकछिन सोचमा पर्नु भयो । अनी एक्कासी बोल्नु भयो ।
त्यहाका मानीसहरु अंकलको कुराबाट एकछिन मौन बसे । एक जना अगाडी हामीहरुसँगै बसेको टाठोबाठो मध्यको एक
बोले : " हो हो सर । राम्रो लायो । त्यही राखौ । "
त्यसपछी अरुले पनि सहमती गरेझै मौन स्वीकारोक्ती गरे । अंकलले फेरी पनि सबैलाई सोध्नु भयो ।
सबैले राम्रो छ मन पर्यो को आश्यले टाउको हल्लाए । अंकलले समर्थनमा ताली बजाउन अनुरोध गर्नु भयो । बरररर ताली बजे । त्यो बस्तिको नाम परीबर्तन भएर शान्तीनगर बन्यो । एउटा रजिस्ट्ररमा माइनुटिङ गर्नु भयो अंकलले । सबैले सही गरे । सही गर्न नसक्नेले ल्याप्चे लाए । र त सबैको सहमतीबाट उक्त बस्तिको नाम "शान्तीनगर" भयो । त्यो दिन देखी ।
त्यसको पर्सीपल्ट अंकल र म गएर त्यहाको दुई साइड श्रीनगर दाङ जानेतिर देखिने ( खोलानेर ) अनी दाङतिरबाट आउँदा देखिने बजारको पुछारको पाटोतिरको रुखमा तस्बिरमा देखाइएको सहित अर्को बोर्ड रुखमा टङ्ग्यौ । नाम परीबर्तनले एकप्रकारको आधिकारीकता झै पायो । र नाम क्रमिक रुपले चेन्ज हुँदै गयो । त्यहाका बासिन्दाहरुले पनि लाज नमानेर आफ्नो ठाउँको नाम "शान्तीनगर" भन्न सक्ने भए ।
खुशी लाग्छ । आफ्नो अबोध बालखी दिमागले सोचेको नामले महत्त्व पायो । पहिचान पायो । आधिकारीकता पायो । बस्तीप्रतीको गतल धारणा नाम सँगै परीबर्तन हुँदै गयो । अहो ! सानैमा कती मिठो श्रीजनात्मक कार्यमा सरीक भएको रहेछु है । धन्यवाद अंकल बलबहादुर गिरीलाई । हजुरले हिडाएको बाटो अहिलेसम्म पनि पछ्याइरहेको छु । कामना गर्छु सधैं पछ्याइरहन पाउ । सधैं हजुरलाई गुरु मानिरहन पाउ ।
.......................................................................................................................................................................
Comments
Post a Comment