पढेर लेखेर मात्र देशको मुहार फेर्न सकिन्छ - सल्यान दृष्‍टिकोण !

 एक श्रीजनशिल सल्यानी युवाको आउँदै गरेको जन्मदिनको अग्रिम शुभकामना व्यक्त गर्दछु ,सुरुमा । 

एक श्रीजनशिल सल्यानी युवा तथा समृद्द सल्यान निर्माण अभियानको अभियन्ता ज्ञानेन्द्र पुन मगर जो मसँग निरन्तर समाजसेवाको कर्ममा साथमा छ । 

उ भन्ने गर्दथ्यो, दाई म पनि तपाईंजस्तै गर्ने हो । 

म थप्दिन्थे, मेरो हमेशा साथ रहनेछ । 

उ झन प्रेरित हुने गर्दथ्यो ।  

र यही माघ ३ आउदै गरेको उसको जन्मदिनको अबसरमा फरक तवरले जन्मदिन मनाउने तरखरमा छ,यतिबेला । 

उसले एउटा प्रस्ताव ल्यायो, दाई मेरो जन्मदिनको अबसरमा मसँग रहेको धेरथोर बचत रकम सदुपयोग गरेर केही थान व्याग, र कापी क्लम, इरेजर, लगायतका शैक्षिक सामान बितरण गर्ने सोचमा छु । हाम्रो सल्यान दृष्‍टिकोणलाई पनि जोड्छु । भनेर । 

म कसरी नकार्थे, 

सल्यान दृष्‍टिकोण टिमको तर्फबाट सानो सहयोग रकम उपलब्ध गराउदै ज्ञानेन्द्र भाईको सपनामा टेगो लगाइदिएको थिए । 

उसको जन्मदिनको दिन सल्यान स्यानिखालका भाईबहिनीहरुले पाउने शैक्षिक सामाग्री आज रेडी गरिसकेको अवस्थामा रहेछन ।

 कती जोश, कती पवित्र सोच मेरो भाई । तिमीलाई अगेन बधाई ।   

मिनी सल्यान पार्क उदघाटनको दिन हामीले एउटा उदघोष गरेका थियौ, कि अब हामी सल्यानी युवाहरुले दाता गुहारेर सामाजिक काम गर्नेछैनौ । 

हो, हाम्रो उदघोष सफल उन्मुख छ , 

बिना दाता गुहारी हामीले एउटा टिममा आवद्द रही एक जना टिमकै साथीको दिन केही सकारात्मक कर्म गरेर मनाइदिदै छौ । 

हेर्दा सानो होला, तर सुरुवात भने पक्कै हो । 

युवा आफ्नै दममा अघी बढ्छन । अब सल्यानमा । 





Comments

  1. Casino Resort - Las Vegas - MapYRO
    Las 제주 출장안마 Vegas Casino Resort is a 이천 출장샵 hotel and casino located on the Fremont 경주 출장마사지 Street Experience. The casino 서울특별 출장마사지 resort, formerly known as The Cosmopolitan of 경상남도 출장안마 Las Vegas,

    ReplyDelete

Post a Comment

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )