नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने प्रस्ताव

 

फेरी बहस चोककै गरियो है !


अबको दसैं तिहारको बिदामा जादा नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने । 
आखिर फेरी चोक नै किन?

 

किनकी सल्यानी युवाहरुको कुपिण्डे सम्मेलनले तय गरेका घोषणा - सल्यानी युवाहरुद्वारा मरिचानमान सिंह श्रेष्ठ र नेवबहादुर मल्लको सम्झनामा जिल्लामा चोकको नामाकरण गर्ने । 

मरिचानका बारेमा त धेरै के भन्नु छ र ?? चोकनै स्थापना गरिसकेको अवस्था । केही विवाद आएको अवस्था । यो बहसको बिषय हो । बस भएको बिषय पनि हो । युवा टोली बहसमा उत्रिन तयार छ र हुनेछ नै । यस बिषयमा । 

अब चाँही फेरी नेवबहादुर मल्ल चोक किन ??

हाम्रो घोषणा हो । कार्यन्वयन त हामीले गर्नै पर्छ । बस कुरा एउटा सार्वजनिक प्रस्तावको । पहिलाको कमीबाट सिक्ने गरी,, हामीले यतीबेला सबैलाई सार्वजनिक प्रस्ताव गर्ने गरी अघि बढ्ने प्रण गर्दै छौ । यो सुरुवाती प्रस्ताव हो । बहस गरौ । बहस होस नै भनेर यो कुरा यतिखेर नै सामाजिक सन्जालको माध्यमबाट राखिएको छ । 

सल्यानमा अब नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने । 

प्रस्तावित ठाउँहरु,

१) खलंगाको डाडागाउँ 

२) लुहापिङ स्कुल नजिक सशस्त्रको व्यारेक नेर डाडागाउँ-खलंगा छुट्टिने खण्डनेर 

३) या त, खलंगा पुरानो बसपार्कनेरको संरचनामा ( नोट: यो नगरपालिका र खलंगासीको पुर्ण समर्थन बिना असम्भव कुरा हो )


किन राख्ने त उहाको सम्झनामा चोक?

सल्यान जिल्लाले बिर्सनै नहुने एक अर्का एतिहासिक व्यक्तिव - नेवबहादुर मल्ल ।

जसले सल्यानको शैक्षिक क्षेत्रमा सुरुवाती भुमिका खेल्दै आफ्नै पहलमा विभिन्न ठाउँहरुबाट शिक्षक झिकाइ 

- बि.सं २००५ सालमा जिल्लाकै पहिलो प्राथमिक बिद्यालय स्थापना गर्नु भएको । 

- बि.सं २००८ सालमा जिल्लाकै पहिलो शैक्षिक केन्द्रको रुपमा मिडिल स्कुलको स्थापना र सोही बिद्यालय पछि माध्यमिक तहमा स्तरोन्नति भएर आजसम्म पनि त्रिभुवन जनता मावीले जिल्लामा शिक्षाको ज्योती फैलाइरहेको । 

- सल्यानका अतिरिक्त जाजरकोट, रुकुम, लगायतका जिल्लाहरुमा शिक्षालय स्थापनाका लागी उल्लेखनीय योगदान गर्नु भएको । 

- नेपाल संस्कृत बिश्वबिद्धालय, दाङलाई नि:शुल्क १० बिगाहाभन्दा बढी जमिन प्रदान गर्नुभएको ।

- राणाकालमा आफुले बिर्ता पाएको झण्डै ५ हजार रोपनी जमिन सम्बन्धित निर्धन किसानहरुलाई नि:शुल्क प्रदान गर्नुभएको ।

- आर्थिक, सामाजिक दृष्टिले पछि परेका समुदायको जीवनस्तर सुधार गर्ने ध्येयका साथ सयौं बाटोघाटो, खानेपानी, भौतिक व्यवस्थाका निम्ती समेत अत्यन्त सकृय रहनु भएको । 

त्यस्तै, प्रजातन्त्र प्राप्तीका लागी उहाँको भुमिका उच्चतम रहेको साथै सल्यानबाट २०१५ को संसदिय आम निर्वाचनमा सल्यानबाट निर्वाचित हुनुभएका उहाँ बिपी कोइरालको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा शिक्षा उपमन्त्री र बन सहायक मन्त्रीको भुमिका निर्वाह गर्दै सल्यानबाट मन्त्री हुने पहिलो व्यक्ती हुनुहुन्छ उहाँ ।

एक निडर, त्यागी अनि हक्की स्वाभावका उहाँप्रती हार्दिक सम्मान ।

उहाँको लुकेका इतिहास हाम्रो पुस्तामाझ ल्याउन मद्धत गर्ने नेबबहादुर मल्ल स्मृति केन्द्रको प्रकाशनमा प्रकाशित यस पुस्तक लेख लेखेर जानकरी दिनुहुने सबैलाई धन्यवाद ।

सल्यानको शिक्षाको ज्योती छर्न उहाको भूमिकालाई कदर गर्दै सम्मानार्थ नेवबहादुर मल्ल चोक निर्माण सँगै सल्यानका शैक्षिक बिभुतीको रुपमा घोषणा गर्ने हाम्रो तयारी हो । 

उहाँ  काङ्ग्रेस पार्टीको निकट रहेको व्यक्ती हो । यसर्थ यो काङ्ग्रेसको बिषयले उठाइन लागेको बिषय पनि होइन । बस, सम्मान हो । 

यो सबै सल्यानीजनको तर्फबाट । यो हाम्रो सार्वजनिक प्रस्ताव हो । 

मरिचामान चोक रातबिरात प्लान गरेर राखिएको चोक पक्कै होइन हामीले पुर्ववत रुपमा सार्वजनिक प्रस्ताव राखेरै हो । यसरी नै हामीले पनि नेवबहादुर मल्लको सम्झनामा राखिने चोकको पनि सार्वजनिक पुर्व प्रस्ताव राखेका छौ । यसर्थ यो पहिले नै जानकारी गराइएको बिषय हो । अन्तिम अवस्थामा हामीलाई थाहा नै भएन भनेर कुनै निकाय नउम्कियोस । हामी चोकसँग जोडीएका सम्पूर्ण निकायमा मरिचमान चोक राख्न जादा नै जानेछौ जानकारी गराउन । 

हवस्त धन्यवाद । 
जय सल्यान

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )