पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्न प्रेरणा दिने योगी सल्यानमा हुनुहुन्थ्यो ।

 पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न प्रेरित गर्ने प्रसिद्द योगी सल्यानमा रहनुहुन्थ्यो । योगी सिद्द भगवन्त नाथ फालावाङ्गी दरबारका राजगुरुको रुपमा राणागाउँमा बस्नुहुन्थ्यो । पृथ्वीनारायण शाहका हतियार शिद्दी मन्त्रद्वारा योगी भगवन्त नाथले निखारिदिएको ईतिहास भेटिन्छ ।

त्यस्तै पश्चिममा बलियो पकडका साथ भारतको बलारामपुर सम्म फैलिएको विशाल अनि शक्तिशाली तत्कालीन फालावाङ्गी राज्य ( सल्ल्यान राज्य ) थियो । सो राज्य जितेमा पृथ्वीनारायणले नेपाल एकिकरण गर्न पश्चिममा ढोका खुला हुन्थ्यो ।

गोर्खा राज्यका राजा पृथ्वीनारायण शाह अनी सल्ल्यान राज्यका राजा श्री कृष्ण शाह दुबै शक्तिशाली भएकाले यि दुई शक्तिशाली राज्यबिच युद्द नहोस् भनी योगी सिद्द भगवन्त नाथले सल्यानी राजा श्रीकृष्ण शाह र गोर्खाका राजा पृथ्वीनारायण शाहलाई नजिक बनाउन पृथ्वीनारायण शाहकी छोरी बिलासीकुमारीको विवाह सल्यानी राजाका छोरा रणभिम शाहसँग गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

गोर्खा , सल्यान , जाजरकोट र जुम्लाका राजाहरु बिच सम्बन्ध कायम गराउने देखी नेपाल एकीकरणमा योगी सिद्द भगवन्त नाथभूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ ।
सारमा,
१) पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्न प्रेरणा दिने योगी सल्यानमा हुनुहुन्थ्यो ।

२) सल्यान राज्य सँग लड्न पृथ्वीनारायण शाह हच्किएपछी योगी भगवन्त सँगको सल्लाह र सुझाबले पृथ्वीनारायण शाहले सल्यानमा नाल जोडेको ।
३) पृथ्वीनारायण शाहकी छोरीको विवाह सल्यानी युवराजसँग भएको ।

४) पृथ्वीनारायण शाहले मान्ने मनकामना मन्दिर, अनी सल्यानी राजा श्रीकृष्ण शाहले मान्ने खैरावाङ मन्दिर रहेको ।

५) खैरावाङ मन्दिरमा राजा बिरेन्द्र र ज्ञानेन्द्र पूजा गर्न आउनुको कारण सोही नाल जोडिएकाले कुल देवताको रुपमा सल्यानको खैरावाङ मन्दिरमा पूजा गरिनु पर्ने प्रचलन शाह राजकालमा चली आएको ।
तस्बिरमा योगी सिद्द भगवन्त नाथको मुर्ती !


#ईतिहासमा_सल्यान


Source : Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806-1839 ( BOOK)

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )