धुर्वराज वलीको अपिल पत्र
अपिल पत्र!
म, धुर्वराज वली, सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारको रूपमा तपाईंहरूसामु उभिएको छु। मेरो अनुहारभन्दा मेरो एजेन्डा हेर्नुहोला—यही मेरो विनम्र तर दृढ अपिल हो।
नारा
“पुर्खाको कदर, वर्तमानको सुधार, समृद्ध सल्यानको आधार”
अभिवादन: जय सल्यान !
१. ‘जय सल्यान’ को ब्रान्डिङ
‘जय सल्यान’ केवल नारा होइन, सकारात्मक भावनाको पहिचान हो। भित्ते लेखन, यातायातका साधन, सामाजिक अभियानमार्फत यसलाई सल्यानको साझा चिन्ह बनाइनेछ। इच्छाशक्ति भए पुग्छ र त्यो मसँग छ।
२. सल्यानका बाटा
“सल्यानको राम्रो बाटो” यो सपना अब नारामै सीमित रहँदैन। योगदानकर्ताको स्मृतिमा खण्ड नामकरण, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय, योजना आयोगसँग समन्वय गर्दै स्पष्ट रोडम्यापका साथ काम अघि बढाइनेछ।
इच्छा भए सम्भव छ, म सक्छु भन्ने विश्वास छ।
३. स्वास्थ्य क्षेत्र सुधार
जिल्ला अस्पतालसहितका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार प्राथमिकता हुनेछ। अलपत्र भवन अगाडि बढाइनेछ। सांसदको भूमिका सहजीकरण हो जनता, अस्पताल प्रशासन र व्यवस्थापन समितिसँग मिलेर यो काम सम्भव छ।
४. कुपिण्डे ताल
कुपिण्डेलाई ‘मिनी रारा’ होइन, कुपिण्डेकै नाममा ब्रान्डिङ गरिनुपर्छ। बराह क्षेत्र जोडेर धार्मिक तथा प्राकृतिक पर्यटन अघि बढाइनेछ।
प्राथमिक सुधार:
-
सरसफाइ
-
छुट्टै पिकनिक स्पट
-
मन्दिर क्षेत्रसम्म पदमार्ग
५. खैरावाङ्ग
खैरावाङ्ग मन्दिरलाई पूर्णता दिन बाँकी तलाहरू निर्माण गरिनेछ। मन्दिर समितिहरू र पुरातत्व विभागसँग समन्वय गरेर पहल थालिनेछ।
जय खैरावाङ्गी माई !
६. छत्रेश्वरी
बलि नचढाइने शक्तिपीठ छत्रेश्वरीलाई धार्मिक केन्द्रका रूपमा पुनःब्रान्डिङ गरिनेछ।
जय छत्रेश्वरी देवी !
७. बृहत् सल्यान सांस्कृतिक संग्रहालय
लोकबाजा, परम्परागत सामग्री, इतिहास समेटेर बृहत् सल्यान संग्रहालय निर्माण मेरो फरक भिजन हो।
८. शारदा नदी संरक्षण
शारदा हाम्रो सान हो।
एक घर एक बृक्षारोपण, जलस्रोत संरक्षण र सिँचाइमा जोड दिइनेछ।
९. कृषि र भण्डारण
-
बाफुखोलाको आलु
-
कोटमौलाको सुन्तला
यीका लागि कोल्ड स्टोर, तालिम, उत्पादन सुनिश्चितता र विशेष आर्थिक क्षेत्रको अवधारणा अघि बढाइनेछ।
१०. व्यवस्थित खेलमैदान
पालिकाले जग्गा छुट्याउने, प्रदेश र संघबाट बजेट ल्याउने, सांसदको सहजीकरण भूमिकाले यो सम्भव छ।
११. सल्यान विकास नीति
बजेट नचाहिने अभियानहरू:
-
श्रम नीति
-
बजार/गाउँ सरसफाइ
-
पानीका मुहान संरक्षण
-
सामुदायिक वनमा वृक्षारोपण
१२. खानी सम्भावना
कोइला, चुनढुंगा लगायत खानीको अध्ययनपछि मात्रै, स्थानीय हित र रोजगारी सुनिश्चित हुने गरी नीति बनाइनेछ।
यो हचुवाको विषय होइन सामूहिक छलफलको विषय हो।
१३. शिक्षित र चेतनशील सल्यान
पढाइ वा सीप- दुवैमार्फत रोजगारीमा जोडिने अभियान।
यो घोषणाभन्दा बढी हामी सबैको जिम्मेवारी हो।
१४. संस्कृति र नृत्य ब्रान्डिङ
सोराठी, टप्पा, लहरे, सेरिङ्गे नाच राजधानीसम्म पुर्याइनेछ।
१५. पुस्तकालय र अध्ययन केन्द्र
देउराली पुस्तकालय पुनर्जीवन र विस्तार गर्दै बौद्धिक परिषद् को अवधारणा अघि बढाइनेछ।
१६. सल्यानको इतिहास
इतिहासको खोज, लेखन र पालिकास्तरीय पाठ्यपुस्तकमा प्रकाशन-सल्यानले गर्व गर्ने काम।
१७. योग तथा ज्येष्ठ नागरिक केन्द्र
योग–ध्यान केन्द्र स्थापना-इच्छा भए सांसदले पहल गर्न सक्छ।
१८. लगानी सम्मेलन
साझा प्रयासमा सम्मेलन-के थाहा, उद्योग खुल्ला कि!
१९. ‘सल्यान एक्स्पो’
सुर्खेत र काठमाडौंमा सल्यानको पहिचान झल्काउने एक्स्पो उद्योग वाणिज्य संघसँग सहकार्य।
२०. इको भिलेज
हरेक वर्ष २ वटा स्थान छनोट गर्दै इको भिलेज विकास।
पर्यटन र आतिथ्य क्षेत्रमा तालिम।
२१. डिजिटल सल्यान
डिजिटल सचेतना, मिडिया कार्यक्रम- सांसदले सहजीकरण मात्र।
२२. थिङ्क ट्यांक समूह
सल्यानका दक्ष जनशक्ति, बुद्धिजीवी, समाजसेवीलाई एउटै मञ्चमा जोड्ने पहल।
२३. ‘उपहार कल्चर’
सल्यान आउने अतिथिलाई स्थानीय उपहार-खुकुरी, सुन्तला, अदुवा, टिमुर आदि।
२४. बृहत् सल्यान शैक्षिक कोष
कम्तीमा SEE जिल्ला प्रथमलाई पुरस्कार दिने लक्ष्यसहित दीर्घकालीन कोष।
२५. Beautify Salyan
सफाइ, फूल–रुख रोपण, चौक नामकरण,
“Welcome to Salyan” संरचना
बजेट होइन, इच्छाशक्ति चाहिन्छ।
अन्त्यमा
म ३१ वर्षको युवा हुँ
शिक्षा:
-
वाणिज्य शास्त्रमा स्नातकोत्तर
-
कानून शास्त्रमा स्नातक
म चमत्कार गर्ने होइन, नीति बनाउने र पहल गर्ने सांसद बन्न चाहन्छु।
स्वतन्त्र सांसदले पनि धेरै गर्न सक्छ, यदि जनता साथमा भए।
जय सल्यान !
तपाईंहरुकै छोरा, दाइ, भाइ—
धुर्वराज ओली
स्वतन्त्र उम्मेदवार, प्रतिनिधि सभा
चुनाव चिन्ह: प्रेसर कुकर
मिति: २०८२ माघ ११,

Comments
Post a Comment