नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने प्रस्ताव
फेरी बहस चोककै गरियो है ! अबको दसैं तिहारको बिदामा जादा नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने । आखिर फेरी चोक नै किन? किनकी सल्यानी युवाहरुको कुपिण्डे सम्मेलनले तय गरेका घोषणा - सल्यानी युवाहरुद्वारा मरिचानमान सिंह श्रेष्ठ र नेवबहादुर मल्लको सम्झनामा जिल्लामा चोकको नामाकरण गर्ने । मरिचानका बारेमा त धेरै के भन्नु छ र ?? चोकनै स्थापना गरिसकेको अवस्था । केही विवाद आएको अवस्था । यो बहसको बिषय हो । बस भएको बिषय पनि हो । युवा टोली बहसमा उत्रिन तयार छ र हुनेछ नै । यस बिषयमा । अब चाँही फेरी नेवबहादुर मल्ल चोक किन ?? हाम्रो घोषणा हो । कार्यन्वयन त हामीले गर्नै पर्छ । बस कुरा एउटा सार्वजनिक प्रस्तावको । पहिलाको कमीबाट सिक्ने गरी,, हामीले यतीबेला सबैलाई सार्वजनिक प्रस्ताव गर्ने गरी अघि बढ्ने प्रण गर्दै छौ । यो सुरुवाती प्रस्ताव हो । बहस गरौ । बहस होस नै भनेर यो कुरा यतिखेर नै सामाजिक सन्जालको माध्यमबाट राखिएको छ । सल्यानमा अब नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने । प्रस्तावित ठाउँहरु, १) खलंगाको डाडागाउँ २) लुहापिङ स्कुल नजिक सशस्त्रको व्यारेक नेर डाडागाउँ-खलंगा छुट्टिने खण्